arrow

सालको काठ सहित ५ पक्राउ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
kath-taskar.JPG

स्याङ्जा ।  स्याङ्जाको चापाकोटबाट वालिङ तर्फ ल्याउँदै गरेको ५५ थान अबैध सालको काठ सहित ५ जना युवा पक्राउ परेका छन् । ट्रकमा राखिएको २ लाख भन्दा बढि मुल्य पर्ने झण्डै १ सय २० क्यू. फिट सालको काठ सहित ५ जना युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अबैध काठ ओसारर्ने चापाकोट नगरपालिका १० का अर्जुन खाम्चा, जितबहादुर आले तथा काठ ओसार्न प्रयोग गरिएको ट्रक चालक पाल्पा जिल्ला रामपुर नगरपालिका १० का हिमलाल कुमाल, भिमबहादुर कुमाल र कृष्ण कुमाल पक्राउ परेका हुन् । वालिङ वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई वालिङ नगरपालिका ६ स्थित आमडालिबाट नियन्त्रणमा लिएको हो ।

अबैध काठ ओसार्न प्रयोग भएको लु २ ख १६५ नंम्बरको ट्रक नियन्त्रणमा लिए सगै अर्वैध काठको कारोवार गर्ने खाम्चाले प्रयोग गरेको लु ४० प ८१०३ नम्बरको मोटरसाइकल र साथमा रहेको १ लाख ७० हजार १ सय रुपैयाँ नगद बरामत गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख शंकर आचार्यले बताए ।

चापाकोट नगर क्षेत्रका विभिन्न स्थानबाट अबैध रुपमा संकलन गरिएको काठ वालिङस्थित फर्निचरहरुलाई बिक्री गर्न ल्याएको हुन सक्ने सेक्टर वन कार्यालय वालिङले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान पछि वन कार्यालयलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय वालिङमा नयाँ प्रहरी निरिक्षक आए सगै धमाधम काठ तस्करी र जुवाडे पक्राउ पर्न थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ