काठमाडौं । जल तथा मौसम बिज्ञान बिभागले यो वर्षको मनसुन शुरु भएको घोषणा गर्दैछ । सामान्यतया जुन १० देखि नेपालमा मनसुन शरु हुने भएपनि यसपाली २ दिनअघिनै मनसुन शुरु भएको घोषणा गर्न लागिएको हो । मनसुन शुरु भएको घोषणा गर्न विभागले प्रेस विज्ञप्ती तयार पारिसकेको छ ।अहिले वेभसाइटमा राख्ने तयारी गरिएको छ ।
मौसमबिद समिर श्रेष्ठले मनसुनका लागि आबश्यक आधारहरु सक्रिय भइसकेकोले आजैदेख मनसुन शुरु भएको घोषणा गर्न लागिएको हो ।मनसुनका लागि आबश्यक आधारहरुः पुर्वबाट हावा चल्न सुरु भएको, पश्चिमी बायुलाई पूर्वको हावाले थेल्दै लगेको, बंगालको खाडी हुदै पाकिस्तानसम्म न्युन चापीय क्षेत्र बिकसित हुँदै गएको, तिब्बतमा उच्च चापिय क्षेत्र बनेको र लगातारको बर्षा हुने क्रम शुरु भइसकेको छ ।
प्रि मनसुनमा पश्चिमबाट हावा चल्ने भएपनि अहिले बिस्तारै पुर्वबाट हावा चल्न थालेकाले अब प्रि मनसुन सकिएको घोषणा गरिएको छ । प्रिमनसुनमा पनि यो वर्ष औसतभन्दा बढी पानी परिसकेको छ । सामान्यतया प्रि मनसुनमा ४० मिलिमिटर बर्षा हुनुपर्नेमा यसपाली ७० मिलिमिटरसम्म बर्षा भएको छ ।
नेपालमा साधारणतया जुन १० देखि सेप्टेम्बर २३ सम्मको अबधीलाई मनसुनको अबधि मान्ने गरिएको छ । भारतको दक्षिणी केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा मे ३० मा शुरु भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसको प्रभाव छिट्टै नेपालमा देखिने थालेको छ। दक्षिय एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ले दक्षिण एसियामा सबैभन्दा पहिला भारतको केरलामा मे ३० तारिखमा मनसुन शुरु हुने मौसमी क्यालेन्डर तय गरेको थियो ।