arrow

काठे पुलबाट खसेर बगेकी १२ बर्षिया सविता राना मृत फेला

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
Death-body-nepali-simbol.jpg.jpeg

पुनर्वास I कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पुल तर्ने क्रममा खस्दा खोलाले बगाएर १ बालिकाको ज्यान गएको छ । शुक्रबार बिहानैदेखि आएको वर्षाका कारण पानी बढेको बालुवा खोलाको काठे पुल तर्ने क्रममा पुलबाट खसेर पानीले बगाउँदा कृष्णपुर नगरपालिका वडा नम्बर ९ पिपरीया बस्ने सोनीया रानाकी १२ वर्षीया छोरी सबिता रानाको मृत्यु भएको हो ।

मृतक रानालाई बगाएको भनी ईलाका प्रहरी कार्यालय रैकवार विचवामा खबर प्राप्त हुनासाथ तत्काल ५ जनाको प्रहरी टोली घटनास्थलमा जाँदा बगेको ठाउँबाट ५०० मिटर दक्षिणतर्फ साँझ ५ बजे मृत अवस्थामा बालिका फेला पारेको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा उनीसंगै जंगली साग ल्याउन गएकी कुमार रानाकी १३ वर्षीया छोरी पुजा रानाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ