arrow

परराष्ट्रमन्त्री ज्ञवाली शनिबार मंगोलिया जाने

logo
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
Pradip-gywali-news.jpeg

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भूपरिवेष्ठित विकासशील देशको अन्तर्राष्ट्रिय विज्ञको बैठकमा सहभागी हुन शनिबार मंगोलिया प्रस्थान गर्दैछन्। यही जेठ २८ र २९ गते हुने उक्त बैठकमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली मंगोलियाको उलानबटार जान लागेका हुन्।

बैठकमा वैदेशिक लगानी, सूचना प्रविधिलगातयका विभिन्न विषयमा छलफल हुने मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय भेटघाट गर्ने साथै त्यहाँका समकक्षीसँग द्विपक्षीय हितका विषयमा कुराकानीसमेत गर्ने उल्लेख छ।

उक्त भ्रमण टोलीमा मंगोलियाका लागि नेपालका गैरआवासीय राजदूतसमेत रहेका लीलामणि पौड्याल पनि सहभागी हुनेछन्। मन्त्री ज्ञवाली यही जेठ ३० गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ