arrow

प्रधानमन्त्री कोषमा व्यापक रकम थुपार्नु नीतिगत भ्रष्टाचार: सभापति बराल

logo
ज्ञानु श्रेष्ठ,
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
20180608_223400.jpg

सिन्धुली । प्रधानमन्त्री कोषमा बिना शिर्षक व्यापक रकम छुट्याएर सरकारले नीतिगत रुपमा भ्रष्टाचार गर्न खोजेको सिन्धुली काँग्रेस सभापति उज्वल बरालले बताएका छन् ।

नवजागरण युवा क्लबको आयोजनामा  शुक्रबार  गोलन्जोरले गाउपालिकामा भएको जनतासग जनप्रतिनिधि विषयक  कार्यक्रममा सभापति बरालले प्रधानमन्त्री कोषमा विना शिर्षक कुल बजेटको २ प्रतिशत भन्दा बढी रकम छुट्याएर नीतिगत भ्रष्टाचार गर्न खोजेको जनाउदै उनले अहिलेको सरकारले  कृषिमा भन्दा रक्षामा बढी बजेट बिनियोजन गरेको बताए।

स्थानिय बजेट केन्द्रीकृत गरेर संघियता विपरीत  तथा  विधि र विधान  बमोजिम शासन चलाइएको पनि उनले बताए। 

कार्यक्रममा गोलन्जोर गाउपालिकाका अध्यक्ष पुष्प कार्कीले विकास र सदाचार कार्यक्रममा जोड दिदै सीपमुलक , आयआर्जन तथा स्वरोजगारको क्षेत्रमा काम गर्ने बताए।

स्थानीय सरकारले सबै सरोकारवालाहरुसॅग सहकार्य एवम् समन्वय गरेर कार्यक्रम गर्नु पर्ने र शैक्षिक क्षेत्रको समस्या समाधानको जिम्मेवार शिक्षकलाई बनाउनु पर्ने शिक्षक संघ सिन्धुलिका जिल्ला उपाध्यक्ष सुमन कोईरालाले बताए।

नवजनगरण युवा क्लब गोलन्जरका अध्यक्ष सुजन बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधि , स्थानिय नागरिक, शिक्षक  लगाएतको सहभागिता रहेको थियो। 

कार्यक्रममा शिक्षक युनियनका सिन्धुलीका  पुर्व अध्यक्ष लेख बहादुर बस्नेतले  शिक्षक र जनप्रतिनिधि एकअर्काको परिपुरक रहदै समन्वय गरि शैक्षिक क्षेत्रमा सुधार ल्याउनु पर्ने बताए ।

यसैगरि काङ्ग्रेस नेता प्रेमचन्द्र दाहाल शरद आचार्य लगाएतले आफ्नो भनाई रारवेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ