arrow

डा उपेन्द्र देवकोटा आइसियूमै, अफवाहबाट आफन्त मर्माहत

आफन्त भन्छन, 'अफवाहको जवाफ दिदा दिदा थाकियो'

logo
प्रकाशित २०७५ जेठ २६ शनिबार
upendra-devkota.jpg

काठमाडौं। वरिष्ठ न्यूरोसर्जन उपेन्द्र देवकोटा गम्भिर अवस्थामै वाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका छन्। उनको अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ। 

क्यान्सर रोगको पहिचान पछि बेलायतमा उपचार गरि केहि समयदेखि नेपालमै उपचार गराइरहेका देवकोटा गम्भिर अवस्थामा उपचाररत रहेको परिवारका सदस्यहरुले जनाएका छन्। 

अस्पताल प्रसासनले पनि उहाँको आइसियूमै राखेर उपचार भइरहेको जनाएको छ। 

शुक्रवार रातीदेखि अचानक उहाँको वारेमा फैलिएको अफवाहबारे भने अस्पताल प्रसासनले आशर्चर्य प्रकट गरेको छ। अस्पताल प्रसासनका एक जना अधिकारी तथा डा देवकोटाका आफन्तले उपेन्द्र डा सावको बारेमा फैलिएको अफवाहले आफूहरु मर्माहत भएको बताए। 

आफूहरु उहाँको स्वास्थय लाभको लागि भरमग्दुर प्रयास गरिरहेको पनि उनले बताए। 

डा देवकोटाको बारेमा फैलिएको कुरामा कुनै सत्यता नभएको र त्यस्ता भ्रामक कुरा सामाजिक सञ्जालमा नराख्न पनि अस्पताल प्रसासनले आग्रह गरेको छ। आफूहरु असत्य कुराको जवाफ दिदा दिदा थाकेको पनि ति आफन्तले जनाए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ