arrow

बुद्धभुमीमा सेवा निवृत १४ शिक्षकलाई सम्मान

logo
मणि प्राद गैह्रे, 
प्रकाशित २०७५ जेठ २६ शनिबार
teacher-awarded.jpg

कपिलवस्तु। बुद्धभुमी नगरपालिका भित्र शैक्षि सत्र २०७३ देखी हालसम्म अनिवार्य रुपमा अवकास प्राप्त शिक्षहरुलाई एक कार्यक्रमका विच नगरपालिकाले सम्मान तथा विदाई गरेको छ। नगरपालिकाले वकडरिया स्थित आधारभुत विद्यालयमा नगरपालिका भित्रका अवकास प्राप्त शिक्षकहरुलाई दोसलला ओडाइ सम्मान तथा शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर पत्रले सम्मान गरिएको थियो।

सो अवसरका वोल्दै नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले विनको लामो समय सम्म शिक्षा क्षेत्रमा लगानी गरी समाज रुपान्तरणमा शिक्षकहरुले गरेको योगदानले आज शिक्षमा आमुल परिवर्तन र शैक्षिक जनशक्ति उत्पादन भएको बताए। शिक्षकले आफ्नो कनुशासन र कर्तव्य निष्ठा रुपले काम गरेमा शिक्षा क्षेत्रमा सुधार हुने हुंदा अनुशाशित र नैतिकवान शिक्षको योगदान वाट अरु शिक्षाकले उक्त व्यवाहारहरु अनुशरण गर्नु पर्ने बताए।

सो अवसरमा श्रेष्ठले संघियतामा जादा स्थानीय तहले गर्ने र केन्द्र र प्रदेशको कुरामा अलमल भएको हुंदा शिक्षा क्षेत्रमा केही काम गर्न समस्या भएको हुंदा तत्काल समस्या समाधान गर्न प्रदेश तथा केन्द्रिय सरकारलाई अनुरोध गरेको समेत उनल बताए। सो अवसरमा जनकल्याण मावि वाट अनिर्वाय भएर विदाए भएका प्रअ नन्द कुमर गिरीले शिक्षककले आफ्नो क्ष्ँमता दक्षता अनुसार नियमित रुपमा काम गरेमा समाज तथा शिक्षा क्षेत्रमा परिवर्तन हुने बताए। राम्रो काम गरेका कसैको नोकर चाकर बन्न नपर्ने र नतिजामुखी काम हुने हुंदा सबै शिक्षकहरुलाई नतिजामुखी काम गर्नको लागी सल्लाहा प्रदान गरे।  

प्रदेश सभास सदस्य माला गोतामे सहीत १४ जना शिक्षकलाई सम्मान र दिाई गरिएको कार्यम्रममा शिक्षा शाखा प्रमुख खिमराज जिसीले नगरपालिकाका शिक्षकका राम्रा अभ्यास र सुधार गर्नुपर्ने विषयका वारेमा जानकारी दिएका थिए ।स्रोत व्याक्ति खेमराज पौडेलको संचालन, गौतम वुद्ध माविका प्रअ राम प्रसाद आर्यालको स्वागतमा विदाई सम्पन्न भएको थियो। अवसरमा बुद्धभुमी नगरपालिका वडा नं ८ का अध्यक्ष कपिलदेव तिवारी, निमडाडा माविका प्रअ जग्गनाथ केवट, भुसिया निमाविका प्रअ रमा खनाल लगातले अवकास शिक्षकहरुको वाकी जिवन शिक्षा क्षेत्रमा लाग्न सुझाव दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ