arrow

विश्वकपको सबै तयारी पूरा : इन्फेन्टिनो

logo
प्रकाशित २०७५ जेठ २६ शनिबार
football-2018.png

एजेन्सी। फिफाका अध्यक्ष गियानी इन्फेन्टिनोले रुस विश्वकपक २०१८ को सबै तयारी पूरा भएको बताएका छन् । आयोजक रुस विश्वकपको लागि शतप्रतिशत तयार रहेको उनले बताएका हुन् । 

सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार रुस विश्वकपमा रंगभेद र मानवअधिकारको विषयलाई लिएर भने चिन्ता व्यक्त गरिएको छ ।  इन्फेन्टिनोले रुस विश्वकपको लागि शतप्रतिशत तयार रहेको र सबैले जुन १४ बाट विश्वकप सुरु भएपछि थाहा पाउने बताए । उनले आगन्तुकहरुको स्वागत भव्य तरिकाले हुने र स्टेडियमहरु पनि पूर्णरुपमा सजाइएको जानकारी दिए । 

यो विश्वकप एक शानदार अनुभव हुने इन्फेन्टिनोको भनाइ छ । हालसालै भएको एक खेलमा रुसलाई रंगभेद र सुरक्षासम्बन्धी समस्याको सामना गर्नुपरेको थियो ।

अघिल्लो महिना प्रशंसकहरुले लगाएको रंगभेदी नाराको कारण रुसमाथि फिफाले जरिवानाको निर्णय गरेको थियो । इन्फेन्टिनोले यो विश्वकपमा आफूले भेदभाव, मानवअधिकार र सुरक्षाको विषयलाई गम्भीरतापूर्वक लिएको बताए । यस्तो मामिलामा निगरानी राख्नको लागि आफूहरुसँग निर्धारित विभाग रहेको र यस्तो केही घटना घटेको खण्डमा तुरुन्त कारबाही हुने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ