arrow

ट्रक त्रिशूलीमा खस्दा दुई बेपत्ता

logo
प्रकाशित २०७५ जेठ २६ शनिबार
trisuli.jpeg

मलेखु, धादिङ। पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका–१० जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन्। भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना५ख ३४१५ नं को ट्रक सडकबाट ९० फिट तल त्रिशूलीमा परेर हराएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए। नदीमा परेर सिन्धुपाल्चोक, बाह्रबीसेका ट्रक चालक २७ वर्षीय टोपबहादुर श्रेष्ठ र सहचालक १९ वर्षीय तुलसी दुलाल हराइरहेका छन्।

नदीमा ट्रकसमेत डुबेको अवस्था छ। सो दुर्घटनामा घाइते भएका एक जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ। बेपत्ता भएकाको खोजी भइरहे पनि नदी बढेकाले कठिनाइ भएको प्रहरीले जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ