arrow

राष्ट्रकविको स्वास्थ्यमा सुधार, औषधि खाँदै, कविता सुनाउँदै

एक सय बर्षको जन्मदिन मनाउने तरखरमा राष्ट्रकवि घिमिरे

logo
प्रकाशित २०७५ जेठ २६ शनिबार
madhav-ghimire.JPG

काठमाडौं । एक सय बर्षको जन्मदिन मनाउने तरखर गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुदैआएको छ । आउने असोजमा एक सय बर्षको जन्मोत्सव मनाउने तरखर गरिरहेका घिमिरेको सानो आन्द्रामा भइरहेको  आन्तरीक रक्तश्राव रोकिएको र स्वास्थ्यमा पनि सुधार भइरहेको अस्पतालले जनाएको छ ।

निमोनिया र सानो आन्द्रामा भइरहेको  आन्तरीक रक्तश्राव नरोकिएपछि अस्पताल  भर्ना भएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि नर्मल वार्डमा सारिएको छ ।
 
नर्मल वार्डमा सारेपछि आफनै समाचार हेर्दै घिमिरे


 निमोनिया पनि नियन्त्रणमा आएपछि घिमिरेलाई तीनदिन अघि नर्मल वार्डमा सारिएका अस्पताल स्रोतले जनाएको छ । अहिले घिमिरले जाउलो , दाल सुप लगायतका नरम र हल्का खाना खान थालेका छन् । साथै आफना कविताहरु पनि सुनाउने गरेका छन् ।  निमोनियाका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि भारतमा उपचार गरेर फर्किएको भोलिपल्टै अस्पताल भर्ना भएका घिमिरेको अवस्था अहिले सुधारोन्मुख रहेको छ ।

घिमिरेको उपचारमा डा चक्र राज पाण्डेको नेतृत्वमा डा बिबेक शर्मा , डा. ओम मूर्ति अनिल , डा रबि महत लगायत संलग्न छन ।  ४ महिनादेखि अस्वस्थ घिमिरे १० दिनको उपचारपश्चात भारतबाट एकसाताअघि मात्रै स्वदेश फर्किएका थिए । उनलाई उपचारका लागि यही जेठ ९ गते भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको थियो । सानो आन्द्राबाट रक्तश्राव रोक्नका लागि भारत लगेपनि उपचारपछि नेपाल फर्केका बेला समेत रोकिएको थिएन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ