arrow

छुवाछुत तथा जातिय भेदभावका घटना प्रति विवेकशील साझाको ध्यानाकर्षण

logo
प्रकाशित २०७५ जेठ २६ शनिबार
bibekshil_sajha.jpg

 काठमाडौं । विवेकशील साझा पार्टीले पछिल्लो समय बढ्दो क्रममा रहेको छुवाछुत र जातीय भेदभावको विषयमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण व्यक्त गरेको छ । विवेकशील साझाले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण व्यक्त गरेको हो ।

पार्टीले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको एक दशक बितिसक्दा पनि छुवाछुत तथा जातिय भेदभावको मार खेपिरहेका दलित समुदायको ठुलो संख्याले अझै पनि विभेद मात्रै होईन हत्या समेत बेहोर्नु परेको उल्लेख गरेको छ ।

विवेकशील साझा पार्टी छुवाछुत तथा जातिय विभेदप्रति आफ्नो शुन्य सहनशीलताको नीतिलाई पुनः स्मरण गराउन चाहन्छ । पछिल्लो एक महिनाभित्र कालिकोट नरहरिनाथ गाँउपालिकाकी जनप्रतिनिधि मना सार्कीको हत्या, झापाको श्री कृष्ण द्वैपायन वेद विद्याश्रममा दलित समुदायको विद्यार्थीलाई जातिय कारण देखाई भर्नानै अस्वीकृतदेखि सभासद कलुदेवी विश्वकर्माले जातिय विभेदकै कारण एक महिना देखि राजधानीमा डेरा भाडा समेत नपाएको कुरा संसदमै राख्नुपर्ने अवस्थाप्रति पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।

विवेकशील साझाले अमानवीय छुवाछुत तथा जातिय भेदभावमा संलग्नहरुलाई दण्ड गर्न वनेको ऐन छुवाछुत कसुर तथा सजाय ऐन २०६८ लाई अझ प्रभावकारी कार्यान्वयन गदै आम स्तरमा सचेतनाका कार्यक्रमहरु संचालन गर्न सरकारसँग माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ