arrow

न्युरोसर्जन डा. उपेन्द्र देवकोटालाई हेलिकोप्टरबाट जन्मथलो गोरखा लगियो

logo
प्रकाशित २०७५ जेठ २६ शनिबार
devkota-heli.jpg

काठमाडौं ।  न्युरोसर्जन डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ ।  डा देवकोटाको इच्छा अनुसार उनलाई हेलिकोप्टरबाट गोरखा लगिएको डा. देवकोटाका भतिज वसन्त देवकोटाले बताए ।

गोरखाको लिगलिगस्थित पण्डित गाउँमा जन्मिएका देबकोटाले आफना गाँउ जान इच्छा देखाएपछि त्यसतर्फ लगिएको हो । उनलाई गोरखाका केही स्थान घुमाएर फेरी फर्र्काउने अस्पतालका डा तारा अधिकारीले बताए । 

डा देबकोटाको स्वास्थ्यमा खासै सुधार नदेखिएको र स्थिर रहेको  देवकोटाका भतिजले बताए ।  पित्तथैलीको क्यान्सर रोगसंग लडिरहेका डा उपेन्द्र देबकोटाको चौथो तथा अन्तिम अबस्थामा मात्र पत्ता लागेको हो ।
 
चिकित्सकहरु अरुको उपचारमा यति व्यस्त हुन्छन कि आफनो स्वास्थ्यमा ख्याल राख्न नै बिर्सन्छन , यसैको उहाहरण डा. देबकोटा रहेको नेशनल क्यान्सर एण्ड रिर्सज सेन्टरका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले दुखेसो पोखेका छन ।  यसैबीच गएरातीदेखि अचानक उनको वारेमा फैलिएको अफवाहबारे भने अस्पताल प्रसासन र परिवारले आश्चर्य प्रकट गरेको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ