arrow

धर्म, संस्कृति मार्फत समाजको विकास गर्न सकिन्छ : सिटौला

logo
प्रकाशित २०७५ जेठ २६ शनिबार
krishna-sitoula.jpg.jpeg

काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले धर्म संस्कृतिका मार्फत समाजको विकास गर्न सकिने बताएका छन । राजधानीको नारायणहिटी परिसरमा रहेको नारायण मन्दीरमा जारी पुरुषोतम अनुष्ठान श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी हुँदै सिटौलाले धर्म संस्कृतिका मार्फत समाजको विकास गर्न सकिने बताएका हुन ।

संविधानमा नै सनातन धर्म संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने राज्यको दायित्व हुने उल्लेख गरिएको बताउँदै सिटौलाले धर्म संस्कृतिको संरक्षणमा राज्य लागि पर्ने विश्वास समेत व्यक्त गरे ।  सिटौलाले समाजमा धार्मिक सहिष्णुताका मार्फत एकता कायम गर्न सकिने र एकताका मार्फत समाजको विकास गर्न सहज हुने बताएका हुन ।
 
गत १९ जेठबाट जारी सप्ताह मार्फत मन्दीर पुर्ननिर्माण गर्ने लक्ष्य आयोजकले लिएको छ । शनिबारसम्म सो सप्ताहमा २४ लाख रकम संकलन भएको आयोजकले जनाएको छ । सातौं दिनको कार्यक्रममा सांसदहरु दिव्यमणीराज भण्डारी, धना खतिवडा, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य माधव चम्लागाइं सहित विभिन्न संघ संस्थाका प्रतिनिधि सहित हजारौं भक्तजनहरु सहभागी थिए ।
 
श्री नारायणहिटी श्री नारायण स्थान देवस्थल उपसमिति तथा ॐकार ध्वनी परिवारको सह आयोजनामा सप्ताह संचालन गरिएको हो । सप्ताहको आयोजक समितिको संयोजकमा पूर्व रक्षामन्त्री तथा सांसद भीमसेनदास प्रधानले नेतृत्व गरिरहेका छन । सप्ताहको आइतबार समापन हुने कार्यक्रम रहेको  सप्ताह संचालन समितिका सचिव इन्द्रमान महर्जनले जानकारी दिए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ