काँग्रेस उपसभापति निधी भन्छन, ' दुई तीहाइको दम्भमा सरकार अधिनायकबादतिर उन्मुख '
काँग्रेसका संस्थापक नेता डिवी परियारको बारेमा शंकर तिवारीको सम्पादनमा पुस्तक बजारमा
प्रकाशित २०७५ जेठ २६ शनिबार
274
Shares
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुई तिहाई बहुमतको आडमा सरकारले अधिनायकबादको बाटो समात्न खोजेको उल्लेख गर्दै लोकतन्त्रबादीका लागि त्यस्तो बाटो स्वीकार्य नहुने बताएका छन्।
“दुईतिहाई बहुमतको दम्भ सरकारमा देखिएको छ”, उपसभापति निधिले भने “ स्थापनाकालदेखि नै लोकतन्त्रका पक्षमा लडेको कांग्रेस अधिनायकबाद बिरुद्धको लडाईमा सधैं अग्रमोर्चामा हुनेछ ।”
राजधानीको भृकुटीमण्डपम जारी पुस्तक मेलामा नेपाली राष्ट्रिय कांग्रेसका संस्थापकमध्येका एक डीवी परियारको अनुभब र उहाँका बारेमा शंकर तिवारीले सम्पादन गरेको ' फ्रम इण्डियाज् फ्रिडम टु नेपाल्स डेमोक्रसी ' नामक पुस्तकको बिमोचन गर्दै नेता निधिले संबिधान संशोधनको कुरा उठ्नासाथ कम्युनिष्ट नेताहरुले दुईतिहाईबाट नया संबिधान जारी गर्ने कुरा गर्न थालेको बताए। दुई तिहाइको आडमा शासकीय स्वरुप तथा संविधानका अन्य लोकतान्त्रिक प्रावधान हटाउने षडयन्त्रलाई सबै लोकतन्त्रवादीहरुले मिलेर प्रतिवाद गर्नुपर्ने निधीले बताए।
नेपाल र भारतको लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएका नेता परियारको बारेमा लेखिएको किताब पछिल्लो पुस्ताका लागि पठनीय सामग्री भएको उपसभापति निधिले बताए ।
पुस्तकका बारेमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले नेपालको राजनीतिक आन्दोलनमा एक दलित अगुवाको उचाइलाई पस्तकले थप उजिल्याएको बताए।
पाका चलचित्र निर्देशक तथा निर्माता यादव खरेलले नेपाली भाषाको पहिलो चलचित्र राजा हरिषचन्दका निर्माता र निर्देशक डिवी परियारको नेपाली चलचित्रसँगको साइनोको बारेमा पुस्तकले गहिरो अनुसन्धान गरेको बताए।
पुस्तकका सम्पादक शंकर तिवारीले इतिहासमा विर्सदै गएका पात्र डिवी परियारले नेपालको लोकतान्त्रिक आन्दोलन, भारतको स्वतन्त्रता आन्दोलनदेखि नेपालको सामाजिक आन्दोलन र कलाको माध्यममार्फत नेपाली समाजलाई पुर्याएको योगदानलाई पुन स्मरण गराउन पुस्तक उपयोगी हुन सके पुस्तकले सार्थकता पाउने बताए।
अंग्रेजी भाषामा प्रकाशन भएको पुस्तक पब्लिक पोलिसि पाठशालाले प्रकाशन गरेको हो । पाठशालाका अध्यक्ष प्रताप पौडेलले पुस्तकलाई चाँडै नेपाली भाषामा पनि प्रकाशन गरि वजारमा लैजाने बताए।