arrow

स्पेन विश्वकप उपाधिका लागि तयार, अन्तिम वार्मअपमा पनि विजयी 

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
spain6.jpg

काठमाडौं । रुस विश्वकप सुरु हुन अब ४ दिनमात्र बाँकी छ । विश्वकपअघिको अन्तिम अन्तर्राष्ट्रिय मैत्रिपूर्ण एवं वार्मअप खेलमा जित हासिल गर्दै स्पेनले आफू उपाधिका लागि तयार भएको संकेत गरेको छ । 

स्पेनले ट्युनिसियालाई १–० ले हरायो । खेलको अन्त्यतिर (८५ औं मिनेटमा) इयागो अस्पासले गोल गर्दै स्पेनलाई जिताए । 

स्पेन पनि एक सन्तुलित टिम हो । जसले विश्वकप पुनः जित्न सक्ने अड्कल गरिएको छ । 

स्पेन विश्वकपको समुह बी मा रहेको छ । स्पेनसंगै पोर्चुगल, मोरक्को र इरान रहेका छन् । 

ट्युनिसिया कठिन जी समुहमा परेकाले पनि दोस्रो चरण प्रवेशको सम्भावना निकै कठिन बनेको छ । 

ट्युनिसियाको समुहमा बेल्जियम, इंगल्याण्ड र पानामा पनि रहेका छन् । 

फ्रान्सले विश्वकप खेल्न नपाएको अमेरिकासंग १–१ को बराबरी खेलेको हो । 

खेलको ४४ औं मिनेटमा जुलिएन ग्रिनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाए । 

७८ आंै मिनेटमा काइलिएन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याए । 

फ्रान्सले खेलमा पकड जमाएर पनि जित हासिल गर्न सकेन । युवा अमेरिकी खेलाडीले राम्रो खेले । 

फ्रान्स पनि यसपटक युवा खेलाडीहरु केन्द्रीत छ । तालमेल पनि राम्रो भइरहेको छ । पूर्व विश्वकप विजेता फ्रासलाई यसपटक उपाधिको दावेदारका रुपमा हेरिएको छ । 

विश्वकप फुटबलको समुह सी मा रहेको फ्रान्ससंग अष्ट्रेलिया, पेरु र डेनमार्क रहेका छन् । 

Diego Costa, who set up the goal, celebrates with Aspas six minutes before full-time

Costa had done excellently to keep control of the ball before passing for Aspas to score

Spain head coach Julen Lopetegui delivers instructions from the touchline on a tough evening

Sergio Ramos had one of the best chances of the game for his side with a shot from distance

Isco attempts to turn past Tunisia's Fakhreddine Ben Youssef during the first half

Andres Iniesta skips past opposite number Elyess Skhiri before starting another Spain attack

Barcelona left back Jordi Alba tries to win the ball back from Tunisia's Dylan Bronn

Manchester City midfielder David Silva tries to keep his balance after being tackled

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ