arrow

विश्वकपअघिको वार्मअपमा कसले कस्तो खेले ? 

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
sweden.jpg

काठमाडौं । रुस विश्वकप सुरु हुन अब ४ दिनमात्र बाँकी छ । विश्वकपअघिको अन्तिम अन्तर्राष्ट्रिय मैत्रिपूर्ण एवं वार्मअप खेलमा टिमहरुले मिश्रित प्रदर्शन गरेका छन् । 

स्वीडेनले पेरुसंग गोलरहित बराबरी खेलेको छ । विश्वकपमा स्वीडेन समुह एफ मा रहेको छ । स्वीडेनको समुहमा जर्मनी, मेक्सिको र दक्षिण कोरिया पनि छन् । 

पेरु समुह सी मा छ । यो समुहमा फ्रान्स, अष्ट्रेलिया र डेनमार्क पनि छन् । 

अष्ट्रेलियाले हंगेरीलाई २–१ ले हराएको छ । अष्ट्रेलियाका डानियल अर्जानीले गोल गरे । बाँकी दुई गोल भने आत्मघाती भएका थिए । अन्तिम दुई मिनेटमा दुवै तर्फबाट एक एक आत्मघाती भएका हुन् । 
अष्ट्रेलिया समुह सी मा छ । अष्ट्रेलियासंगै फ्रान्स, डेनमार्क र पेरु छन् । 
त्यस्तै सर्वियाले आकर्षक खेल्ने क्रममा बोलिभियालाई ५–१ ले हरायो । अलेक्जान्दर मित्रोभिकले ह्याट्रिक गरे । 

सर्विया विश्वकपको समुह इ मा रहेको छ । यो समुहमा ब्राजिल, स्वीट्जरल्याण्ड र कोस्टारिका पनि रहेका छन् । 
त्यस्तै विश्वकपका टिमसंगै विश्वकप नखेल्ने टिमबीच पनि मैत्रिपूर्ण भइरहेका छन् । 

लात्भियाले अजनबैजानसंग ३–१ को हार भोग्यो । मोरक्कोले इस्टोनियालाई ३–१ ले हरायो । 

फिनल्याण्डले बेलारुसलाई २–० ले हरायो । 

Peru's Yoshimar Yotun vies for the ball with Sebastian Larsson during Saturday's friendly

Sweden and Peru played out a goalless draw in their friendly at Ullevi on Saturday evening



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ