arrow

नेपाल तरुण दल पर्सा जिल्ला अध्यक्ष पटेलको अल्पायुमै निधन 

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
tarun-dal-parsa-patel.jpg

काठमाडौं । नेपाल तरुण दल पर्सा जिल्लाका अध्यक्ष वीरेन्द्र पटेलको अल्पायुमै निधन भएको छ ।

पटेलको उपचारका क्रममा राजधानीको ग्राण्डी अस्पतालमा ३८ वर्षको उमेरमै निधन भएको हो । 

उनलाई ३–४ महिनादेखि  लिभरको समस्या रहेको थियो भने किड्नीमा पनि समस्या थियो । 

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले पटेलको निधनप्रति शोक ब्यक्त गरेका छन् । 

पटेलको पार्थिव शरीरलाई तरुण दलले नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखेको थियो। 

नेपाली काँग्रेसका वरिष्ठ नेता सहित अन्य नेताहरु पटेललाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा पुगेका थिए। 

नेपाल तरुण दलका पूर्व अध्यक्षहरु र तरुण दलका नेता कार्यकर्ताहरु पनि पटेलको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि पुगेका थिए। 

पटेलको आइतवार नै दाह संस्कार गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ