arrow

प्रशिक्षणमा फर्किए सलाह, यस्तो दिए बचन  

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
salah2.jpg

काठमाडौं । इजिप्टका स्ट्राइकर मोहम्मद सलाह टोलीको प्रशिक्षणमा फर्किएका छन् । रुस विश्वकपको अन्तिम प्रशिक्षणमा सलाह टोलीमा फर्किएका हुन् । 

च्याम्पियन्स लिगको फाइनलमा काँधको चोटको सामना गरेपछि अहिले उपचार गराइरहेका सलाह कायरोमा भइरहेको अन्तिम चरणको प्रशिक्षणमा सहभागी बनेका हुन् । 

शनिबार सलाहले आफू विश्वकपको लागि तयार रहेको बताएका थिए । २५ वर्षीय खेलाडीको स्वास्थ्यको अवस्था इजिप्टका राष्ट्रपति अब्देल एल–सिसिले टोलीको बिदाइ गर्दाको समयमा सही रहेको पाइएसँगै उनी टोलीको प्रशिक्षणमा देखिएका हुन् । 

२८ वर्षमा पहिलोपटक टोलीलाई विश्वकपमा पुर्याएका सलाहले यो प्रतियोगिता गुमाउने विषयमा धेरै आशंकाहरु देखिएका थिए । जुलाई १६ मा इजिप्टले आफ्नो पहिलो खेल उरुग्वेसँग खेल्दैछ । उसको समुहमा रसिया र साउदी अरेबिया पनि रहेका छन् । 

शनिबार बोल्दै सलाहले आफू पहिलो खेलका लागि नै तयार रहेको बताएका छन् । उनले राष्ट्रपतिलाई पनि आफूले यो विश्वकपमा निकै राम्रो प्रदर्शन गरेर घर फर्किने बचन दिएका थिए । आफ्नो सपना कहिल्यै पनि खेर जान नदिने उनले बताएका थिए । 

इजिप्टको टोलीमा मोहम्मद सलाहको भूमिका निकै महत्वपूर्ण रहेको देखिएको छ । सलाहले यो सिजनमा लिभरपुलको तर्फबाट पनि निकै राम्रो प्रदर्शन गरेका थिए । उनकै उत्कृष्ट प्रदर्शनको सहयोगमा लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

Salah is adamant that he will be fully fit for the World Cup despite his shoulder problem

The Liverpool star greeted supporters who had gathered to watch the session in Cairo

If fully fit Salah (right) will be central to Egypt's plans of enjoying a successful tournament

The rest of the squad were also put through their paces as they get ready for the World Cup

Salah (L) meets Egyptian president Abdel Fattah el-Sisi (R) before heading to Russia

El-Sisi hosted the farewell event before the Egypt squad travelled to Russia for the World Cup

The Egypt squad pose with the president and government officials on Saturday afternoon



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ