arrow

रुस विश्वकप खेल्ने ७३६ खेलाडीहरु, यस्तो छ उमेरदेखि खेल्ने क्लवसम्मको नालीबेली

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
football-worldcup.jpg

काठमाडौं । रुस विश्वकपका लागि सात सय ३६ खेलाडीहरुको अन्तिम नामावली सार्वजनिक भएको छ । ३२ टोलीहरुको २३ सदस्यीय विश्वकपको टोलीको घोषणा भइसकेको छ । 

विश्वकपमा छनोट भएको खेलाडीहरु कस्ता छन् । केही विवरणहरु यहाँ प्रस्तुत गरिएको छ । यो विश्वकपका सबैभन्दा पाका उमेरका खेलाडीहरु भएको टोली पानामा हो । यो टोलीका खेलाडीहरुको औसत उमेर २९ वर्ष दुई सय ३६ दिन रहेको छ । त्यसैगरी कोस्टारिका, अर्जेन्टिना, ब्राजिलजस्ता टोलीका खेलाडीहरुको औसत उमेर पनि धेरै रहेको छ । 

नाइजेरियाको टोलीमा सबै युवा खेलाडीहरु रहेका छन् । यो टोलीका खेलाडीहरुको औसत उमेर २६ वर्ष १८ दिन रहेको छ । त्यसैगरी फ्रान्स र इंगल्याण्डको टोलीका खेलाडीहरुको औसत उमेर पनि कम रहेको छ । 

यो विश्वकपमा इजिप्टका ४५ वर्षीय गोलकिपर एसाम अल–ह्याडरी सबैभन्दा पाको उमेरका खेलाडी हुन् भने आउटफिल्डमा मेक्सिकोका ३९ वर्षीय राफेल मार्केज सबैभन्दा पाको उमेरका खेलाडी हुन् ।

साथै यो विश्वकपमा सात किशोर खेलाडीहरुले भाग लिँदैछन् । जसमा सबैभन्दा युवा खेलाडी अष्ट्रेलियाका ड्यानियल अर्जानी रहेका छन् । उनी अहिले भर्खर १८ वर्षका भएका छन् ।  

यो विश्वकपमा आफ्नै मुलुकमा जन्मेका खेलाडीहरु भएको टोलीमा सबैभन्दा अगाडि इंगल्याण्ड रहेको छ । यो टोलीका सबै खेलाडीहरु इंगल्याण्डमै जन्मेका खेलाडीहरु हुन् । रुसका २१ जना खेलाडीहरु आफ्नै मुलुकमा जन्मिएका रहेका छन् । स्विट्जरल्याण्ड, आइसल्याण्ड, नाइजेरिया र बेल्जियमको टोलीमा केवल एक खेलाडी आफ्नै मुलुकमा जन्मिएका रहेका छन् भने सेनेगल र स्वीडेनका सबै खेलाडी विदेशी मूलका छन् । 

यो विश्वकपमा खेल्ने १६ खेलाडीहरु पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेलिरहेका खेलाडी रहेका छन् । रियल मड्रिडका १५ र बार्सिलोनाका १४ खेलाडीहरुले विश्वकप खेल्दैछन् । साथै पीएसजी, टोटनह्याम र चेल्सीका १२ खेलाडीहरु रुस विश्वकपमा देखिनेछन् ।

यो विश्वकपमा इंगलिस प्रिमियर लिगबाट सबैभन्दा बढी एक सय २४ खेलाडीहरुले सहभागिता जनाउनेछन् भने स्पेनिस लिगबाट ८१ खेलाडीहरुको सहभागिता रहनेछ । 

जर्मनीको फुटबल लिगबाट ६७ र इटालियन लिगबाट ५८ खेलाडीहरुले भाग लिँदैछन् । त्यसैगरी फ्रान्स, रसिया साउदी अरेबियाजस्ता मुलुकहरुबाट पनि ३० भन्दा बढी खेलाडीहरुले भाग लिँदैछन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ