arrow

एन्फा अध्यक्षलाई मनपर्ने दुई टिमः ब्राजिल र जर्मनी, कारण यस्तो

यस्तो छ नेपाली फुटबल उकास्ने योजना

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
karma-chiring-new.jpg.jpeg

काठमाडौं । विश्वकप फुटबलको यो संस्करण यही जेठ ३१ गतेदेखि रुसमा सुरु हुँदैछ । विश्वकपका लागि समर्थकहरुले समेत मनपर्ने टिमको जर्सीको जोहो गरिसकेका छन् । 

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले समेत जर्सीको जोहो गरिसकेका छन् । उनले जर्सी ब्राजिलको किने । 

उनलाई दुई टिम मन पर्छन् । एउटा ब्राजिल अर्को जर्मनी । यसमा उनको आफ्नै तर्क छ । के त ? फुटबल प्रशंसकसंगै उनी व्यवस्थापनमा पनि भएकाले सोच्ने नजर फरक हुन्छन् । 

ब्राजिल मन पर्नुको कारण –
उनी भन्छन्, ‘ब्राजिल मैले पहिलेदेखि मन पराएको टिम हो । ब्राजिलमा पेले थिए । पेलेका कारण अहिलेसम्म पनि सिम्प्याथी छ ।’ 

उनले ब्राजिललाई आफ्नो देशसंग पनि जोड्छन् । भन्छन्, ‘ब्राजिल विकासोन्मुख राष्ट्र हो ।’ नेपालले पनि सोही गति दिन सक्ने आशा उनको आँखाले देख्छ । 

त्यसैगरी ब्राजिल दक्षिण अमेरिकामा उत्कृष्ट टिम हो । ब्राजिल एकनासले खेल्न सक्ने टिम भएकाले पनि शर्मालाई ब्राजिल मन पर्छ । 

जर्मनी मन पर्नुका कारण–
शेर्पा भन्छन्, ‘जर्मनी मलाई युरोपमा सबैभन्दा राम्रो लाग्छ । जर्मनीको निरन्तरता नै मलाई मन पर्छ । एकनासको संरचना छ । निरन्तर अगाडि बढिरहेको छ । नयाँ नयाँ खेलाडी आउँछन् । सरंचना ठीक भएकैले यो सम्भव छ ।’

एन्फा अध्यक्ष शेर्पाले विश्वकपलाई रमाइलोका लागिमात्र पनि लिँदैनन् । यसबाट खेलाडी, प्रशिक्षक र व्यवस्थापनले धेरै कुरा सिक्न सक्ने उनी बताउँछन् । 

उनी विश्वकप खेल्ने देशहरुले गरेको प्रगति र योजनाबाट नेपाली फुटबलको विकासका लागि मद्धत पुग्नेमा विश्वस्त छन् । 

नेपालले फुटबल विकासका लागि के गर्नु जरुरी छ ? 
कर्माछिरिङ शेर्पाका अनुसार नेपाली फुटबल विकासका लागि ग्रासरुट लेभल बलियो पार्नुको विकल्प छैन । विश्वकपमा पुगेका देशहरुबाट यो कुरा सिक्नै पर्छ । 

नेपाली फुटबल असारे खेती जस्तो भएको छ । सदाबहार बनाउनका लागि शेर्पासंग योजना छन् । जस्तो कि प्रदेश लेभलमै टेक्निकल सेन्टरहरु बनाउनु पर्यो । 

स्थानीयतहदेखि नै प्रतिभा तिखारेर ल्याउने हो । तबमात्र केन्द्रमा कडा प्रतिस्पर्धा हुन सक्छ । खेलाडीहरु निखार्न सके एक से एक उत्पादन हुन्छन् । 

त्यसैगरी विकासको संरचना बनाउनु पर्दछ । शेर्पा भन्छन्, ‘के के आधारमा विकास गर्ने भन्ने नीति नै बनाउनु पर्यो ।’

भौतिक पूर्वाधार राम्रो भएमात्र खेलाडीलाई अगाडि बढ्न मद्धत पुग्छ । शेर्पा भन्छन्, ‘आर्थिक रुपले समृद्ध हुन नसकेसम्म फुटबलको पनि विकास हुन्न, हामी सबैका लागि लाग्दैछौं ।’

 

जाँदै रुस 

विश्वकप फुटबलका क्रममा रुसमा हुने ६८ औं फिफा वल्ड कंग्रेसमा भाग लिन कर्मा छिरिङ शेर्पा रुस गएका छन् ।

उनीसंगै महासचिव इन्द्रमान तुलाधर तथा विदेश विभाग प्रमुख नविन पाण्डे पनि रहेका छन् ।  

उनीहरु विश्वकपको उद्घाटन हेरेपछि जुन १५ तारिख नेपाल फर्कने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ