arrow

मुल्य बृद्धिको बिरोधमा नेबिसंघ लमजुङले निकाल्यो मसाल जुलुस

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
masal.jpg

बेसीशहर।  दैनिक उपभोग्य सामाग्री र पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको बिरोधमा चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएको नेबिसंघ लमजुङले शनीबार बेलुका बेसीशहरमा मसाल जुलुस निकालेको छ ।

बेसीशहरको मनाङे चौताराबाट शुरु भएको मसाल जुलुस शेरामा पुगी कोणसभामा परिणत भएको थियो । सरकारले गरेको मुल्यबृद्धिको बिरुद्ध निकै आक्रामक भएका बिद्यार्थीहरुले ‘मुल्यबृद्धि  फिर्ता गर’, ‘भ्रष्ट सरकार राजीनामा दे’, ‘अधिनायकवाद मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।

‘सरकारले जनताको ढाड सेक्ने गरेको मुल्यबृद्धि हामीलाई स्वीकार्य छैन, नेबिसंघ लमजुङका नेता दीपक अधिकारीले भने, ‘ मुल्यबृद्धि फिर्ता नभएसम्म हामी बिभिन्न स्वरुपमा आन्दोलन गरीरहन्छौं ।’ नेबिसंघ लमजुङका पूर्व सचिब समेत रहेका अधिकारीको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई जिल्ला प्रशासन कार्यालय लमजुङ मार्फत ज्ञापन पत्र बुझाएपछि लमजुङमा आन्दोलन शुरु भएको थियो ।

शनीबार भएको मसाल जुलुसलाई नेबिसंघका जिल्ला अध्यक्ष शिब नरालले सम्बोधन गर्दै कम्युनिष्ट सरकारले दुई तिहाईको जनमत ल्याउँदा पनि जनमुखी हुन नसकेको आरोप लगाए । उनले सरकारको असली रुपको नेबिसंघले पर्दाफास  गर्ने बताए ।  कोणसभमामा नेबिसंघका लमजुङका नेता भुवन न्यौपाने, जनबिकास माबिका सभापति सुनिल बसौला लगायतले सम्बोधन गरेका थिए । नेबिसंघ लमजुङका नेता दीपक अधिकारीको संयोजन एबं सहजीकरणमा भएको मसालजुलुसमा नेबिसंघ भक्तिनमुना माबिका सभापति करुण घिमिरे, मातृभुमी क्याम्पसका स्वबियु सभापति रमेश ढुंगाना, मस्र्याङ्दी क्याम्पसमा सभापति सन्दीप गुरुङ, नेबिसंघका जिल्ला सदस्य सुवास अधिकारी लगायतका बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा आन्दोलन गरीरहेको नेबिसंघले अब छुट्टै जिल्ला स्तरीय  आन्दोलनका कार्यक्रम सार्बजनिक गरेर बिद्यार्थी बिच जाने तयारी समेत गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ