arrow

प्रहरीको संरचनामा व्यापक हेरफेर, एआइजीको दरबन्दी कटौती

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
Nepal-Police-new-tt.png

काठमाडौँ । सरकारले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आइतवारको बैठकले प्रादेशिक तहका लागि नेपाल प्रहरीको नयाँ संरचना अनुसार तीन हजार १ सय १ जनाको दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

सरकारले प्रहरी एकाइ नै नपुगेका स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिको पहिलो प्राथमिकता दिन आगामी वर्ष एक हजार ६ सय  दरबन्दी पूर्ति गर्ने तथा बाँकीमा क्रमशः दरबन्दी पूर्ति गर्ने गरी प्रस्तावित तीन हजार १०१ दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

बैठकले नेपाल प्रहरीका केही पद खारेजी, पद मिलान र दरबन्दी थप गर्ने निर्णय गरेको पनि मन्त्री बाँस्कोटाले जानकारी दिए ।  सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी तीन र सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी दुई कायम गरेको छ । यसअघि नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षकको स्वीकृत दरबन्दी संख्या १६ र सशस्त्र प्रहरी बलमा छ जना रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ