पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोधमा नेबिसघंले गर्यो सिटी आन्दोलन
शैलेन्द्र रोकाया
प्रकाशित २०७५ जेठ २७ आइतबार
536
Shares
बझाङ । बर्तमान सरकारले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरे पछि बिरोधमा गरि रहेको नेपाल विद्यार्थी संघले आइताबार सदरमुकाम चैनपुरमा सिटी बजाएर बिरोध जनाएको छ । देशमा पेट्रोलियम पदार्थको मुल्य हप्तै पिच्छे सरकारले बढाउन थालेको भन्दै एक हप्ता देखि आन्दोलन गरि रहेको नेबिसंघले आन्दोलनको स्वरुप परिबर्तन गर्दै सिटी बजाएर बिरोध गरेको हो ।
गएको हप्ता देखि चरणबद्ध आन्दोनलग गरिरहेको विद्यार्थीहरुले सदरमुकाम चैनपुरमा नारा जुलुस सहित तत्काल सरकारले निर्णय फिर्ता लिनु पर्ने बताईरहेका छन् । बर्तमान सरकारले पेट्रोलियम पदार्थको मुल्य लगायत दैनिक उपभोग्य बस्तुको मूल्यमा गरेको महङ्गीले सर्बसाधारण जनता सगै विद्यार्थीहरु पनि महङ्गीको मारमा परेकोले आन्दोलन गर्नु परेको नेबिसंघका विद्यार्थी नेता खगेन्द्र खड्काले बताए ।
सांकेतिक रुपमा हामीले आन्दोलन गरि रहेको छौ यदी सरकारले यो निर्णय फिता नलिए चरणबद्ध आन्दोनलग रिने चेतावनी समेत दिए । खड्काले ओली सरकारमा गएको बेला मात्र पाँच पटक मूल्य बृद्धी गरेकाले सरकारले नै गरिब जनताको ढाढ सेक्ने गरि निणय लिएको प्रति आपत्ती जनाउनु परेको बताए । उनले २९ गते मसाल जुलुस र ३१ गते प्रधानमन्त्री ओलीको पत्ला दहन गर्ने कार्यक्रम समेत रहेको बताए । नेपाल आयल निगम द्धारा प्रति लिटर पेट्रोललाई एक सय १३ रुपैया डिजेलको प्रति लिटर ९५ रुपैया तोके सगै अहिले देशका विभिन्न जिल्लामा नेविसंघद्धारा मूल्य वृद्धीको चर्को रुपमा विरोध गरेका छन् ।
बझाङ्ग नेविसंघ जिल्ला कार्यसमिती र जयपृथ्बी बहुमुखी क्याम्पस ईकाइ समितिले लगायत नेपाली कांग्रेसका यूवा नेताहरुले समर्थन गरेको यस आन्दोलनमा नांगो प्रर्दषन समेत गरिएको छ । संयुक्त रुपमा पेट्रोलियम पद्धार्थको चर्को मुल्य वृद्धी र सरकार अधिनायकबाद बिरुद्ध आन्दोलन लाई चक्र्राउनु पर्ने अबस्था आएको विद्यार्थी नेता उमेस जेठाराले बताए । सदरमुकाम चैनपुरको तास घर वाट शुरु भएको विरोध र्याली बजार परिक्रम गरि कोण सभा गरि समापन भएको थियो ।
कोण सभामा नेविसंघका विद्यार्थी नेता खगेन्द्र खड्काले सम्बोधन गरेको थियो बारम्बार मुल्य बृद्धि हुदा नेपाली जनता र विद्यार्थी चर्को मारमा परेको बतउदै विद्यार्थी नेताहरुले अविलम्व मुल्य बृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । नेविसंघको मागलाई तुरुन्त सम्वोधन नगरेमा जस्तोसुकै आन्दोलन गर्न सक्ने चेतावनी दिदै त्यसबाट उत्पन्न परिस्थितीको सरकार जिम्मेवार बन्नु पर्ने समेत उनिहरुले बताएका छन् ।
यालीमा सहभागी विद्यार्थीहरुले मुल्य वृद्धी फिर्ता गर ,उखान टुक्का वन्द गर ,लम्पसारवाद मुर्दावाद, नालायक सरकार मुर्दावाद, केपीओली मुर्दाबाद, मसानधाटले केभन्छ केपी ओली ल्याउ भन्छ भन्ने जस्ता नारा लगाएका थिए । कार्यक्रममा नेविसंघका नेताहरुले सरकारले गरेका हरेक गतिविधिमा नेविसंघको ध्यानाकर्षण हुने बताएका थिए ।