arrow

सरकारी गाडी जलाएको जिम्मा नेविसंघले लिन्छ : महामन्त्री काफ्ले

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
aaglagi.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघले आइतवार सरकारी क्याम्पस  क्षेत्रमा सरकारी गाडी चल्न नदिने घोषणासँगै देशका केहि स्थानमा सरकारी गाडीहरुमा क्षति पुगेको छ ।  नेविसंघले घोषणा गरेको कार्यक्रम अनुसार सरकारी गाडीमा आगजनी तथा तोडफोड समेत भएको छ ।

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले आइतवार सरकारी सवारी चल्न नदिने नेविसंघको कार्यक्रम अर्न्तगत छिटफुट अप्रिय घटना भएको बताए I नेविसंघले आइतवार  सरकारी गाडी चल्न नदिने घोषणा गरेपछि कतिपय ठाँउमा सरकारी गाडीमा तोडफोड तथा आगजनी भएको खबर प्राप्त भएको उनले बताए ।

उनले भने -'आइतवार सडकमा सरकारी गाडी चल्न नदिने नेविसंघ केन्द्रीय समितिले घोषणा गरेको थियो '। मंगलवार नेविसंघले  देशभरका ७७ जिल्लामा  र सम्पूर्ण कलेजमा  प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको महामन्त्री काफ्लेले बताए । उनले भने - 'मुल्य बृद्धिको र  सर्वसत्तावादको नायक वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भएको कारण  पुत्ला दहन गर्न लागेका हौँ '।  

नेविसंघले शनिवार राके जुलुस र  आइतवार देशका विभिन्न स्थानमा सरकारी गाडी चल्न नदिने घोषणा गरेको थियो ।   आइतवार काठमाडौंको शंखमूल नजिकै  सरकारी गाडीमा भएको आगजनीको जिम्मा नेविसंघले  लिने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ