arrow

ट्रेड युनियनको महाधिवेशन : कांग्रेस नेतृत्व प्रतिष्ठाको लडाईमा , दुई प्यानल घोषणा

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
puskar-khilnath.jpg

काठमाडौं । नेपाली कांग्रेसको प्रभावशाली शुभेच्छुक संस्थाको रुपमा रहेको  नेपाल  ट्रेड युनियन कांग्रेस महाधिवेशनको संघारमा छ ।  जेठ २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुन लागेको महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भएको छ ।

यहि बिचमा महाधिवेशनबाट नेतृत्वमा आउन चाहेका आकांक्षीहरुले प्यानल बनाएर उम्मेद्वारी घोषणा गर्न थालेका छन् । केहि दिन अघि पुष्कर आचार्य समूहले पदाधिकारी सहित प्यानलको घोषणा गरेको थियो। 

आचार्यको समूहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय कृष्ण प्रसाद सिटौला- प्रकाशमान सिंह र नेता शेखर कोइराला लगायतले समर्थन जनाएका छन् ।

आइतवार भने बहालवाला अध्यक्ष खिलनाथ दाहालले आफ्नो प्यानलको घोषणा गरे। दाहालको समुहलाई कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थन रहेको छ ।

केहि महिना यता कांग्रेसको भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशनमा पौडेल, कोइराला र सिटौला प्रभावशाली भएको देेखिदा देउवा समूह कमजोर देखिदै आएको थियो । त्यस कारणपनि नेपाल ट्रेड युनियन कांग्रेसको यो महाधिवेशनलाई देउवा समूहले प्रतिष्ठाको लडाइको रुपमा लिएको छ ।
 
ट्रेड युनियनमा जीत निकाल्न सके मात्रै पार्टीमा प्रभाव रहने बुझेका सभापति देउवाले सोहि अनुसार आफु निकटहरुलाई परिचालन गरेको बुझिएको छ । देउवाको रणनीतिसँग जुध्न पौडेल सहितको समुह थप रणनीति बनाएर अघि बढेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ