arrow

सरकारी दमन बिरुद्ध बिद्यार्थी सडकमा, सरकारलाई घुँडा टेकाउने नेविसंघ अध्यक्ष महरको चेतावनी

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
nsu-protest.jpg

काठमाडौं। सरकारले गरेको मुल्य बृद्धी बिरुद्ध आइतवार राजधानी सहित ७७ ओटै जिल्ला सदरमुकाममा नेविसंघले सिट्ठी जुलुस सहित प्रदर्शन गरेको छ।  कतिपय ठाउँमा सरकारी सवारी साधनलाई विद्यार्थीहरुले चलाउन अवरोध गरे। 

नेपाल सरकारले ईन्धनमा गरेको मुल्ल्य बिरुद्ध र सो मुल्यबृद्धिको बिरोधमा नेबिसंघको सडक आन्दोलनमा प्रहरीले गरेको दमन बिरुद्ध आइतवार हजारौ बिद्यार्थीहरु सडकमा उत्रिएका हुन् ।

नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिको आह्वानमा पेट्रोलियम पदार्थ लगायत उपभोग्य बस्तुमा भएको मूल्य बृद्धीको बिरोधमा सिट्ठी जुलुस सहित भृकुटी मण्डपबाट बिरोध प्रदर्शन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नैन सिंह महरले केपी ओलीको सरकारले एक सय दिनमा ५ पटक सम्म ईन्धनको मुल्य बढाएर जनताको जीवनसँग खेलवाड गरेको बताए। ईन्धनको मुल्य बढ्दा सार्वजनिक यातायातको मात्र मुल्य बढेको छैन यस कार्यले ट्रकको समेत भाडा बढेकोले दैनिक जीवनमा उपभोग्य सामाग्रीको समेत मुल्य बढ्न गएको छ जसले निम्नमध्यम बर्गका जनता प्रत्यक्ष मारमा परेको महरले बताए। मुल्य बृद्धी तत्काल फिर्ता नलिए नेबिसंघले अझ कडा आन्दोलन छेड्ने उनले बताए।

कार्यक्रममा नेबिसंघ महामन्त्री सरोज कुमार थापाले केपी ओली सरकारले चुनाव अगाडि आश्वासन दिएपनि चुनाव पछी नेकपाको सरकारले राष्ट्रियतालाई आफ्नो स्वार्थसँग साटेर जनतालाई भ्रममा राखेको बताए। त्यस्तै अर्का महामन्त्री आनन्दराज त्रिपाठीले सरकारले बिद्यार्थी माथि दमनको नीति लिएको बताउदै राणा र राजाले जसरी प्रजातन्त्र पक्षधरमाथी दमन गर्दा कसरी पतन भएको स्मरण गर्दै यो सरकारको हालत नि त्यस्तै हुने चेतावनी दिए। 

बिरोध र्याली पछिको कोणसभामा बोल्दै नेबिसंघका उपाध्यक्ष पुष्प कुमार शाहीले शनिवार भएको मसाल जुलुसमा सांघतिक आक्रमण गरी बिद्यार्थीमाथि आक्रमण गर्नेलाई नेबिसंघले कदापी माफि नदिने बताए।

कार्यक्रममा उपाध्यक्ष उर्मिला थपालिया, सहमहामन्त्री प्रेमराज जोशी, साधना घिमिरे लगाएतले मूल्य बृद्धी बिरुद्ध आफ्नो धारणा राखेका थिए। विश्वभासा क्याम्पसबाट सुरु भएको हजारौ बिद्यार्थीको सिट्ठी जुलुस पद्मोदय मोड, पुतलिसडक, बागबजार, कमलादी, त्रिचन्द्र कलेज, घण्टाघर, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगी कोणसभामा पारिणत भएको थियो।

आइतवारै बसेको नेबिसंघको आकास्मिक बैठकले तत्काल थप आन्दोलनको घोषणा गर्ने निर्णय गरेको नेबिसंघ प्रबक्ता प्रेमराज जोशीले जानकारी दिए।

अर्कातिर नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा भने क्याम्पस अगाडी सरकारी तथा संस्थानको गाडी चल्न नदिने कार्यक्रम भएको थियो। सो कार्यक्रम अन्तर्गत केहि सकारी गाडीमा तोडफोड र आगजनी समेत भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ