arrow

हतियार दुरुपयोग गर्नेको हतियार इजाजतपत्र रद्द

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
gun-123.jpeg

काठमाडौं । महानगरीय अपराध महाशाखाले हतियार दुरुपयोग गर्ने चार व्यक्तिको हतियार इजाजतपत्र रद्द गरेको छ । महाशाखाले हातहतियार खरखजाना ऐन २०१९ को दफा १० बमोजिम हातहतियार राख्दै आएका काभ्रेका वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा, सोलुखुम्बुका आङ्काजी शेर्पा र मोरङका रघुनाथ पुरीको आइतबार हतियार इजाजतपत्र रद्द गरेको हो ।

उनीहरुले ऐनको दफा बमोजिमका शर्त उलंघन गरी सर्वसाधारणलाई डर त्रास उत्पन्न गराउने, हतियार देखाई ठेक्का कब्जा गर्ने, हतियार सवारी साधनमा राखेर हिँड्ने गरेपछि महाशाखाको टोलीले हतियार इजाजतपत्र रद्द गरी हातहतियार बरामद गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ