arrow

सरकारले ‘फासीवादी’ चरित्र देखायो भन्दै तीन कम्युनिष्ट विद्यार्थी संगठनको चेतावनी 

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
students.jpg

पोखरा । आफूलाई लोकतन्त्रको हिमायती ठान्ने सरकारले फासीवादी चरित्र देखाएको भन्दै तीन कम्युनिष्ट दलहरुका भ्रातृ संगठनहरुले आपत्ति जनाएका छन् । 

पोखराको पृथ्वीनारायण क्याम्पसको विद्यार्थी आन्दोलनलाई लक्षित गरी क्याम्पसको वरिपरिको क्षेत्रलाई आन्दोलन, धर्ना, जुलुस निषेधित क्षेत्र घोषणा गरेपछि तीन विद्यार्थी संगठनहरुले आक्रोश पोखेका हुन् । 

उनीहरुले विज्ञप्ति जारी गरी उक्त निर्णय तत्काल फिर्ता लिन पनि उनीहरुले चेतावनी दिएका छन् । 

निर्णय फिर्ता नलिए झन् कडा आन्दोलनमा उत्रिने अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियन र अखिल छैटौंले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ