arrow

मेस्सीको करियर नै दाउमा छ रुसमा, उपाधि नै दिलाउँछन् कि !

म्याराडोना सम्झाउँदैछन् मेस्सी

logo
प्रकाशित २०७५ जेठ २८ सोमबार
messi14.jpg

काठमाडौं । रुस विश्वकपका लागि अर्जेन्टिना गत शनिबार नै रुस पुगेको छ । विभिन्न चुनौतीसहित टिम रुस पुगेको हो । सबैभन्दा ठूलो चुनौती कप्तान लियोनल मेस्सीलाई नै रहेको छ । 

कोपा अमेरिकाको फाइनलमा चिलीसंग पराजित भएपछि सन् २०१६ मै मेस्सीले कप्तानी छाडेका थिए । तर पछि फेरि उनलाई नै कप्तानी सुम्पिइयो । 

यसपटक ३० वर्षे मेस्सी दबाबमा छन् । उनको प्रदर्शनमात्र हैन टिमको प्रदर्शन पनि महत्वपूर्ण रहेको छ । 

अर्जेन्टिना निकै सकसले विश्वकपका ठाउँ बनाउन सफल भएको हो । अन्तिम खेलमा मेस्सीले ह्याट्रिक गरेर विश्वकपमा ल्याएका हुन् । 

अबको जिम्मेवारी पनि टिमलाई उपाधि दिलाउनु नै हुनेछ । तर टिम खासै फर्ममा देखिँदैन । 

तर शनिबार रुस विमानस्थलमा उत्रिएको टिममा आपसी मेल निकै देखिएको थियो । खेलाडीहरुको बीचमा आपसी सोहार्दता पनि देखिन्थ्यो । 

मेस्सी र सर्जियो एग्युरोबीच पनि राम्रो समन्वय देखिएको छ । 

अर्जेन्टिनाले विश्वकपअघि केवल एकमात्र मैत्रीपूर्ण खेल हैटीसँग खेलेको थियो । यो खेलमा अर्जेन्टिना ४–० ले विजयी भएको थियो । 

अर्जेन्टिनाको पहिलो खेल जुन १६ मा आइसल्याण्ड विरुद्ध रहेको छ । अर्जेन्टिनाको समुहमा क्रोएसिया र नाइजेरिया रहेका छन् । 

मेस्सीले उपाधि नै दिलाउँछन् कि !

यतिबेला फुटबल विश्लेषकहरु अजेन्टिना सन् २०१४ को विश्वकपको टोलीभन्दा राम्रो तालमेलमा रहेको दावी गर्छन् । 

मेस्सीले सन् २०१६ मा आफू जिम्मेवार बन्दै जसरी कप्तानीबाट राजीनामा दिएका थिए त्यसरी नै फेरि उनलाई जिम्मेवारी दिइएपछि विश्वकपसम्म ल्याएरै छाडे । 

विश्लेषकहरु अर्जेन्टिना संघर्षपूर्ण तरिकाले रुस यात्रामा आएकाले उपाधि जित्न पनि सक्ने दावी गर्छन् । 

मेस्सी केही हदसम्म भाग्यमानी भएकाले उनकै कप्तानीमा अहिले अर्जेन्टिनाले उपाधि समेत जित्न सक्ने दावी केही विश्लेषकहरुको छ । 

मेस्सी चम्के भने कुनै पनि खेल जित्न असम्भव छैन । १२४ क्यापमा उनले ६४ गोल देशका लागि गरिसकेका छन् । यो अर्जेन्टिनाकै सर्वाधिक हो । 

तर मेस्सीलाई डिएगो म्याराडोनाको याद दिलाउने धेरै छन् । सन् १९८६ मा अर्जेन्टिनाले म्याराडोनाबाट विश्वकप जितेको थियो । अहिले मेस्सीबाट जित्न चाहन्छ । 

Lionel Messi arrives in Russia knowing it is likely to be his last chance to win a World Cup

The five-time Ballon d'Or winner has won everything at club level but nothing with Argentina

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ