arrow

यसरी बदलियो पवित्रादेवी, कृष्णा र मञ्जुहरुको जीवन 

logo
देवानन्द न्यौपाने 
प्रकाशित २०७५ जेठ २८ सोमबार
kauwapur_ko_photo.jpg

लम्की कैलाली । भनिन्छ, मन भन्दा ठूलो केही हुँदैन । मानिसले मनलाई जब डुलाउन थाल्छ तब चिन्ता बढ्दै जान्छ अनि बिभिन्न प्रकारका रोगले च्याप थाल्छ । जब मान्छले मनको चिन्तालाई विस्तारै छोड्दै जान्छ, तब उसका हरेक रोग निर्मुल हुँदै जान्छन् । 

यसको एक ज्वलन्त उदाहरणको रुपमा  कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ कौवापुरकी महिला ३२ वर्षिया पवित्रादेवी भाटलाई लिन सकिन्छ । विहे गरेको ८ दिनमै उनका श्रीमान्ले अर्को विहे गरे । अहिले २ सौता छन् । पवित्रादेवीबाट एक छोरा एक छोरी छन् । 

पवित्राका श्रीमान् भारतमा रहँदै आएका छन् । श्रीमान्ले आफ्नो त स्याहारशुसार परै जाओस छोरा छोरीको पनी लालनपालन गर्दैनन् । 

जिवन जिउनको लागि धिक्कार गरिसकेकी पवित्रा मनोपरामर्श सेवाले बाँच्नमात्र सफल भइनन् आफ्नो र छोरा छोरीको पालनपोषणका लागि जिवननै संघर्ष मान्दै दिन विताई रहेकी छन् । 

अहिले उनलाई  आफन्तले दिएको पीडा भन्दा पनि जिवन जिउनको लागि संघर्षलाई बढी ध्यान दिई रहेकी छन् । उनले रुँदै भनिन् ‘मैले धेरै पटक मर्ने कोशिष गरें, म मरिसकेकी हुन्थें, मनोपरामर्श सेवाले मेरो आत्मबल बढ्यो, जिवनको महत्व बुझे र बँँच्न सफल भए । 


श्रीमान्ले दोस्रो विवाह गरी सम्पर्कविहिन भएपछि आफुले दुःख भोग्नु परेको उनले बताईन् । बैदेशिक रोजगारीमा देवर मलेशिया गएको बेला घरमा देवरानीले आत्महत्या गरेको पिडा सुनाईन् । 

पवित्रा मात्र होइन बैदेशिक रोजगारीको शिलशिलामा भारत लगायत तेस्रो मुलुकमा काम गर्दै आएका आफ्ना आफन्तको चिन्ताले मानसिक रुपमा चिन्तीत भएका कौवापुर गाउँका करीब एक दर्जन बढी महिलाहरुलाई जिवन जिउने कला सिकाई दिएको छ, सामि हेल्भेटासको सहयोगमा सञ्चार प्रतिष्ठान नेपालद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले ।


यस्तै कथा छ,  मोतिकला, आशा र विमलाको पनि । कृष्णादेवी न्यौपानेका श्रीमान् ३ बर्षदेखि मलेसियामा काम गर्दै आएका छन् । उनका २ छोराछोरी छन । कृष्णा श्रीमान् विदेश गैसकेपछि विरामी परिन् । नेपालका कयौ अस्पताल धाईन् सन्चो भएन । नत विरामको नै पत्तो लाग्यो । 

उनी आफन्तसंग श्रीमान्को सल्लाहमा नै भारतको सितारगञ्जको एक अस्पतालमा उपचार गराउन गईन् । डाक्टरले पित्तथैलीमा पानी भरीएको र अप्रशेन गर्र्नु पर्ने बताए । 

उनी शारीरीक रुपमा कमजोरी भएका कारण अर्को पटक आउन सुझाव दिए । घरमा आउँदा उनलाई विरामले झनै च्याप्यो । उनमा चिन्ता बढ्दै गयो । 

कृष्णाले भनिन् ”आफु त म मर्छु, श्रीमान् बिदेश हुनुहुन्छ । यी नाबालक छोराछोरीलाई कसले पालिदेला” भन्ने चिन्ताले सताई रह्यो । यसरी फेरी अप्रेसनको लागि भारतको सितारगञ्ज पुगिन् तर चिन्ता बढी लिएको भन्दै डाक्टरले अप्रेसन नहुने सुनाई दिए । 

यसरी कृष्णाको ६ महिना वित्यो करीब ६ पटक सितारगञ्जको अस्पताल धाईसकिन् । उनलाई चिन्ता बढ्दै गयो । सोहि क्रममा गाउ“मा सामि हेल्भेटासको सहयोगमा सञ्चार प्रतिष्ठान नेपालद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाको  मनोपरामर्श सेवाले विदेशमा श्रीमान् वा आफन्त भएकाहरुलाई कक्षा सञ्चालन गरीरहेको थाहा पाईन् र त्यो कक्षामा सहभागि भईन् ।

मनो परामर्शकर्ता धनराज विकले उनको मनलाई नै बदलिदिए । जिवन जिउने कला बारे विकले कृष्णालाई परामर्श दिए । उनीमा भएको चिन्ता सबै हरायो । उनीमा आत्मबल बढ्यो । फेरी अर्को पटक उनी सितारगञ्जमा उपचारको लागि गईन् ।

डाक्टरले तत्काल अप्रेसनको लागि बोलाए । अप्रेसन सफल भयो । आजभोली उनी स्वस्थ छिन् । उनी भन्छिन् साँच्चै सुरक्षित आप्रवासन परियोजनाको  मनोपरामर्श सेवाले म बाँच्न सफल भएकी हुँ । 

यसले मलाई जिउने कला सिकायो । बैदेशिक रोजगारीमा भएका अभिभावकहरु पछिल्लो समयमा विभिन्न कारणले मानसिक तनावमा रहेकाहरुलाई सञ्चार प्रतिष्ठान नेपालद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाको मनो परामर्श सेवा बाट उनीमा बाच्नेकला सिकाउँदै आएको छ । 

अर्कोतिर सञ्चार प्रतिष्ठान नेपालद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले विदेशमा रहेका अभिभावकहरुलाई वितिय साक्षरता कक्षा माफर्फत विदेश बाट पठाएको पैसालाई कसरी उत्पादनशिल कार्यमा लगाउन सकिन्छ भनी सिकाइरहेको छ । 

जसमा कैलालीको टीकापुर नगरपालिका ६ सिम्रेनी गाउँका अभिभावक विदेशमा रहेका २६ जना महिलाले दैनिकरुपमा खर्चको हिसाब किताब राख्ने मात्र गरेका छैनन् उनीहरु बिदेशबाट पठाएको पैसालाई बचत गरी घरखर्च आफै चलाई रहन सफल भएका छन् । 

पहिले विदेशबाट पठाएको पैसा समेत छोराछोरीको पठाई लेखाई, खनपनिमा सिद्धिन्थ्यो । मञ्जु चौधरीले विगतका दिन सम्झदै भनिन्् ”जति पैसा पठाए पनि पुग्दैनथ्यो । 

विदेशमा रहेका श्रीमान् त्यत्रो पैसा कता फालिस भनेर रिसाउनु हुन्थो ” तर अहिले वितिय साक्षरता अभियान कक्षामा बसिसकेपछि धेरै कुरा सिक्ने मौका पाईयो । छोराछोरीलाई समेत बजारको खानेकुरा दिदैनांै । विदेशबाट पठाएको सबै पैसाको हिसाब किताब राख्छौ । ”

अनि घरखर्च चलाउन बाख्रा, कुखुरा र तरकारी खेति गरीरहेको बताईन् । यसरी चौधरीजस्तै विदेशमा अभिभावक रहेका सिम्रेनीका अभिभावकलाई सुरक्षित आप्रवासन परियोजनाको वित्तिय साक्षारता कक्षाले दर्जनौं महिलाको जिवनयापनमा परिर्बतन ल्याइदिएको छ । 

यसरी परियोजनाबाट महिलाले सिकेको कृषिकामको लागि टीकापुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामसेवक महतोले धन्यबाद मात्र दिएनन् श्रम गर्ने महिलाकोलागि आउँदो आर्थिक बर्षमा कृर्षि तर्फको अनुदान रकम दिई प्रोत्साहन गर्ने प्रतिबद्धता समेत जनाए । 

वडा अध्यक्ष महतोले सरकारले गर्नु पर्ने काम सुरक्षित आप्रवासन परियोजनाले गरिदिएको भन्दै धन्यबाद समेत दिए । 

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख बसन्तकुमार बोहोराले आम्दानी भन्दापनी खर्चलाई ब्यवस्थापन गर्न सके नेपालीले बर्सेनि विदेशीनु पर्ने बाध्यता टर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ