arrow

विश्वकप विजेताको पुरस्कार कति ?

यस्तो छ, सहभागीदेखि उपाधी विजेताले पाउने रकम

logo
प्रकाशित २०७५ जेठ २८ सोमबार
world_cup.JPG

काठमाडौं । यो वर्षको रसिया विश्वकप फुटबलमा सहभागी ३२ टोलीदेखि उपाधी विजेता सम्मका लागि ४० करोड अमेरिकी डलर अर्थात् ४३ अर्ब ३२ करोड नेपाली रुपयाँ भन्दा बढी खर्च हुने भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्रीदर प्रति डलर १०८ रुपैयाँ ३१ पैसा तोकेको छ । यो रकम राष्ट्र बैंकबाट किनेर विश्कप फुटबलमा सहभागी ३२ राष्ट्रदेखि उपाधी विजेतासम्मलाई दिनु परेमा ४३ अर्ब ३२ करोड ४० लाख रुपैयाँ खचिर्नुपर्छ । 

रसिया विश्वकपका सामेल हुने ३२ टोली मध्ये १६ वटा टोली अन्तिम १६ मा पुुग्छन् । ती १६ टोलीले कम्तिमा ८०÷८० लाख डलर पाउनेछन् । एक टोलीले ८६ करोड रुपैयाँ भन्दा बढी ।  अन्तिम १६ मा पुुगेका मध्ये ८ टोली क्वार्टर फाइनलमा पुुग्छन् । बाहिरिने प्रत्येक ८ टोलीले १ करोड २० लाख डलर ( १ अर्ब २९ करोड ६० लाख रुपैयाँ ) का दरले पुरस्कार पाउनेछन् । क्वार्टर फाइनलबाट बाहिरिने ४ टोली हरेकले १ करोड ६० लाख डलर (१ अर्ब ७२ करोड ८० लाख रुपैयाँ) पाउनेछन् । 

सेमी फाइनलबाट बाहिरिने २ टोलीले २ करोड २० लाख डलर (२ अर्ब ३७ करोड ६० लाख रुपैयाँ) हात पार्नेछन् । त्यस्तै तेश्रो हुनेले २ करोड ४० लाख डलर (२ अर्ब ५९ करोड २० लख रुपैयाँ), उपविजेताले  २ करोड ८० लाख डलर (३ अर्ब २ करोड ४० लाख रुपैयाँ) र विजेताले ३ करोड ८० लाख डलर अर्थात् ४ अर्ब १० करोड रुपैयाँ पाउनेछन् । यो रकम गत विश्वकपको भन्दा ३० लाख डलर बढी हो। 

यसका अतिरिक्त हरेक टोलीलाई तयारीका लागि भन्दै १५ लाख अमेरिकी डलर समेत दिइने छ। 
फिफाले रसिया विश्वकपको राजश्व र आम्दानीबाटै ५ अर्ब अमेरिकी डलर अर्थात् ५ खर्ब ४० अर्ब रुपैयाँ भन्दा बढी कमाइ हुने प्रक्षेपण समेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ