arrow

गुण्डा नाइके लामा पक्राउ गर्न प्रहरीले चलायो गोली

logo
प्रकाशित २०७५ जेठ २८ सोमबार
Bullet_Fire.jpeg

काठमाडौ । ललितपुरको युएन पार्कमा महानगरीय प्रहरी अपराध महाशाखाले गोली चलाएको छ । सोमबार दिउँसो एक अभियुक्तलाई पक्राउ गर्ने क्रममा गोली चलाइएको हो ।

प्रहरीले दिएको जानकारीअनुसार हप्ता असुली तथा गुण्डागर्दीमा संलग्न अशोक लामालाई पक्राउ गर्ने क्रममा गोली चलाउनुपरेको हो ।

ललितपुर क्षेत्रका व्यापारीहरुलाई धम्क्याउँदै हप्ता उठाउने गरेका लामाले भैँसेपाटी क्षेत्रका क्रसर उद्योगलाई पनि धम्की दिँदै आएका थिए । उनको कर्तुत प्रहरीले थाहा पाएपछि उनलाई पक्राउ गर्न खोजिएको हो ।
 
युएन पार्कमा लामामाथि खानतलासी गर्न खोज्दा प्रहरीमाथि जाइ लागेपछि अपराध महाशाखाको टोलीले गोली हानेको प्रहरीले बताएका छ। लामाको दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेको छ । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ