arrow

जेठको वाढीले १७ लाखको खानेपानी योजना बगायो

logo
वद्री नयाँघरे,
प्रकाशित २०७५ जेठ २८ सोमबार
kulo.jpg

रामेछाप ।  आईतवार साँझ परेको अविरल वर्षादका कारण रामेछाप नगरपालीका–८ वावियाखर्कको विटारमा अवस्थीत सिम्लेखोला सानावारी विटार स्किम नम्वर २ को १७ लाखको खानेपानी योजना बगाएको छ ।

अबिरल वर्षातसँगै सिम्ले खोलामा आएको वाढीले बिटारका स्थानिय वासिन्दाहरुले प्रयोग गर्दै आएको खानेपानीको इन्टेक र मुख्य लाइन वगाएर नष्ट पारेको हो । एकवर्ष अघि मात्र डिभिजन खानेपानी कार्यालय मार्फत संम्पन्न भएको उक्त योजना अन्तर्गत मुहानको इन्टेक पूर्ण रुपमा वगाएको छ भने मुख्य लाइन तर्फ विस्तार गरिएको करिव २ सय मिटर जिआइपाईप खोलाले वगाएको उक्त खानेपानी तथा सरसफाई समितिका अध्यक्ष वद्री नयाँघरेले वताए ।

उनका अनुसार अनुमान गरे भन्दा अत्याधिक रुपमा खण्ड वृष्टि भएको र त्यसको सवैभन्दा वढी प्रभाव रामेछाप ८ कै वावियाखर्क र सल्लेको शिरमा परेको थियो । जसका कारण खोला आसपासमा रहेका खेत पुर्नुको साथै वारी र कान्ला समेत बगाएको छ । जसकाकारण स्थानिय सिम्ले खोला मुहान हुँदै विटारको सानावारी र टाराचौरसम्मका करिव २५ घर उपभोक्ताले प्रयोग गर्दैै आएको खानेपानीको मुहानको इन्टेक देखी करिव २ सय मिटर पाइप लाइन वगाएको छ । उक्त खानेपानी योजना डिभिजन खानेपानी कार्यालय रामेछापले करिव १७ लाखको लागतमा एकवर्ष अघि मात्र निमार्ण सम्पन्न गरेको थियो ।  

वाढीले खानेपानीको आयोजनामा क्षती पुर्याएपछि राती देखी सोमवार विहानसम्मको समय लगाएर उपभोक्ताहरुले पुरिएको र वगाएको जिआईपाइप निकालेका छन् । सो क्रममा दशवटा जिआईपाइप पुरिएको अवस्थामा खोलावाट निकालिएको थियो । खानेपानीको मुहान वगाएपछि उपभोक्ताहरुले खानेपानी आपुर्तीको लागि डिभिजन खानेपानी कार्यालय मन्थलीमा घटनाको वारेमा जानकारी गराउँदै तत्काल अस्थायी खानेपानी जडान गरिदिन अनुरोध गरेको समेत अध्यक्ष नयाँघरेले जानकारी दिए ।

खानेपानी आयोजनामा क्षती पुगेको सम्वन्धमा डिभिजन खानेपानी कार्यालयका प्रमुख लोकवहादुर चौलागाईले योजना वगाएको वारेमा अध्यक्षवाट मौखिक रुपमा जानकारी आएको र त्यसका लागि तत्काल प्राविधिक पठाएर आवश्यक इष्टमेट गरी समस्या समाधान गर्ने वताए । वर्षातले वावियार्खक, सल्लो उपल्लो वावियाखर्क, केवलेश्वर क्षेत्रका वारि चिराचिरा पारेर वारीमा लगाएको मकै समेत नष्ट पारेको छ ।

वाढीले खानेपानी वगाएपछि त्यस गाउँका नागरीकहरु खानेपानीवाट वञ्चित भएका छन् । खानेपानीवाट वञ्चित भएका उपभोक्ताहरुलाई तत्काल अस्थायी माध्यमवाट खानेपानीको व्यवस्थापन गर्नको लागि पोलिथीन पाइप मार्फत पानी ल्याउन सकिने भए त्यसको लागि वैकल्पीक व्यवस्थापन गर्न सकिने जिल्ला खानेपानी सरसफाई डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्यालले जानकारी दिए ।
वाढीले स्थानिय आरुवोटे स्थित दलित टोल सिरानमा निर्मित नयाँ सडक वाट झरेको भलले अधिकासंको घरभित्र पानी पसेको छ भने सडकवाट निस्किएको गेगरले मकै वालीसमेत पुरेको स्थानिय गोविन्द वहादुर कामीले जानकारी दिए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ