arrow

मुल्य बृद्धिको विरोधमा नेविसंघले चर्कायो आन्दोलन

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ जेठ २८ सोमबार
nebisang_(3).jpg

कैलाली ।  पेट्रोलियम पदार्थमा सरकारले गरेको मुल्य बृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ । सरकाले जनताको ढाड सेक्ने गरी गरेको मुल्यबृद्धिको विरोधमा देशब्यापिरुपमा आन्दोलन चर्काउदै आएको नेविसंघले सोमवार कैलालीको लम्कीमा समेत विरोध र्‍याली सहित तत्काल मुल्य बृद्धि फिर्ता लिन माग गरेको हो ।

 नेपाल विद्यार्थी संघ लम्की बहुमुखि क्याम्पस इकाइ कमिटीको आयोजनामा भएको विरुोध र्‍याली लम्की बजार परिक्रमा गरी लम्की चौराहामा कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै विद्यार्थी नेता ललति जैशीले बाम गठबन्धनको सरकारले सर्बसाधारणको ढाड सेक्ने गरी दैनिक उपभोग्य सामाग्रीका साथै पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धि फिर्ता नलिए सम्म आन्दोलन नरोकीने चेतावनी दिए ।

 विरोध सभामा बोल्दै नेविसंघका नेता अम्मर विष्टले सरकारले जनतालाई विभिन्न बानहानामा दिई रहेको दुख अब टुलुटुलु हेरेर बस्न नसकीने बताए । विद्यार्थी नेता हिद्रयराज उपाध्याले नेपाल विद्यार्थीको बारेमा सरकाले सुनुवाई नगरे देशैभर आन्दोलनको आधिबेहरी ल्याउने चेतावनी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ