- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न विभिन्न सर्त दिएको छ । जिल्ला प्रशासनले क्लव, संघ, संस्था तथा निजी व्यवसायीहरुले आ–आफ्नो परिसर, प्रतिष्ठानमा मनोरञ्जनका लागि प्रदर्शन गर्ने सन्दर्भमा १० बुँदे सर्तमा रहेर मात्र प्रदर्शन गर्न पनि सूचना जारी गरेको छ ।
जिल्ला प्रशासनले खेलहरुको प्रदर्शन आफ्नो परिसरभित्र मात्र गर्न पाउने, प्रदर्शन स्थलमा कुनै प्रकारको प्रवेश शुल्क लगाउन नपाइने नियम लगाएको छ ।
त्यसैगरी खेलको हात जित लगायतका विषयलाई लिएर कुनै पनि प्रकारको निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न गराउन, खेल खेलाउन नपाउने सर्त समेत जिल्ला प्रशासनले राखेको छ ।