arrow

विश्वकपको पूर्वसन्ध्यामा मनोरञ्जनमा व्यस्त फ्रान्सका खेलाडी 

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
france-players.jpg

काठमाडौं । रुस विश्वकप सुरु हुन दुई दिनमात्र बाँकी रहेको अवस्थामा फ्रान्सका खेलाडीहरु मनोरञ्जनमा व्यस्त देखिएका छन् ।

सबै टोलीहरु अब अन्तिम छलफलको क्रममा रहेको भए पनि फ्रान्सका खेलाडीहरु सोमबार साँझ फिल्म हेरिरहेका भेटिएका हुन् ।

मस्कोको एक होटलमा एन्टोनि ग्रिजम्यान र पाउल पोग्वालगायतका खेलाडीहरुले फिल्म हेरेका थिए । यो अवसरमा ओलिभर गिराउड, बेन्जामिन मेन्डि, कायलिन एम्बाप्पे, ओस्मान डेम्बल र स्टेभिन एन्जोन्जीजस्ता खेलाडीहरु पनि सहभागी थिए । 

सोमबार फ्रान्सका खेलाडीहरु निकै प्रसन्न मुद्रामा देखिएका थिए । फ्रान्सले आगामी शनिबारसम्मको समय रहेको कारण खेलाडीहरु मनोरञ्जन गरिरहेका हुन् । 

फ्रान्सले आगामी शनिबार अष्ट्रेलियाको सामना गर्दैछ । उसको समुहमा पेरु र डेनमार्क पनि रहेको छ । गएको शनिबार भएको अन्तिम वार्मअप खेलको क्रममा फ्रान्सले अमेरिकासँग १–१ गोलको बराबरी खेलेको थियो । 

फ्रान्सले अहिलेसम्म एकपटक मात्र विश्वकपको उपाधि जितेको छ ।

 

Earlier in the day Pogba, Griezmann and Mbappe were among those involved in training



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ