arrow

सुटबुटसहित विश्वकपका लागि रुस पुग्यो इंगल्याण्डको टोली 

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
england-suited-booted.jpg

काठमाडौं । विश्वकप फुटबलका लागि इंगल्याण्डको टोली सुटबुटसहित मंगलबार रुस पुगेको छ । इंगल्याण्डको टोली मंगलबार रुसको सेन्ट पिटर्सवर्गमा उत्रिएको हो । 

इंगल्याण्डले आउँदो सोमबार ट्युनिसियासँग आफ्नो पहिलो खेल खेल्दैछ । इंगल्याण्डको टोलीको सुरक्षालाई लिएर प्रत्येक फुटबलमा चासो हुने गरेको छ । समर्थकहरु तथा अन्य कारणहरुले गर्दा इंगल्याण्डको टोलीलाई सुरक्षा व्यवस्था निकै कडा गर्नुपर्ने हुन्छ । 

यसअघि पनि रुस विश्वकपमा इंगल्याण्डका खेलाडीहरुलाई सुरक्षाको विषयले चर्चा पाएको थियो । जसको कारण रुसले मंगलबार उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरेको थियो । 

इंगल्याण्डका प्रशिक्षकले आफ्ना खेलाडीहरुलाई अहिले तत्काल कुनै थप प्रशिक्षण दिनुभन्दा पनि यहाँको वातावरणको विषयमा जानकारी गराउनका लागि सहर घुमाउने योजना रहेको बताएका छन् । 

रुसको वातावरण बुझ्न पनि केही समय लागेको खण्डमा त्यसको असर खेलमा पर्नसक्ने भन्दै प्रशिक्षकले केही समय खेलाडीहरुलाई घुमाउने योजना बनाएका हुन् । 

इंगल्याण्डका कप्तान ह्यारी केनले आफूहरु रुस विश्वकपको विषयलाई लिएर निकै उत्साहित रहेको बताए । यो विश्वकपको समुह जीमा रहेको इंगल्याण्डको टोलीमा ट्युनिसिया, पानामा र बेल्जियम रहेका छन् ।

Harry Kane and Jesse Lingard get ready for the official England squad photo on Tuesday

Manager Gareth Southgate prepares for the official photo ahead of their flight to Russia

Danny Welbeck strikes a pose as John Stones smartens up ahead of England's squad picture

Armed security personnel stand watch as Jordan Henderson prepares to board the bus

The added security presence ensured that the operation ran smoothly on Tuesday afternoon

Southgate looks on after England land in Russia for what he will hope will be a lengthy stay

Harry Kane took the time to pose for a selfie with a worker on the tarmac at the airport

Back-row (L to R): Danny Welbeck, Phil Jones, Jordan Pickford, Dele Alli, Marcus Rashford, Kyle Walker, Fabian Delph and Jamie Vardy. Middle row (L to R): Martyn Margetson (GK coach), Harry Maguire, Ruben Loftus-Cheek, Jack Butland, Eric Dier, John Stones, Gary Cahill, Nick Pope and Allan Russell (striker coach). Front row (L to R): Danny Rose, Jesse Lingard, Raheem Sterling, Harry Kane (captain), Gareth Southgate (manager), Steve Holland (assistant manager), Jordan Henderson, Ashley Young, Kieran Trippier and Trent Alexander-Arnold 



नयाँ