arrow

२०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त आयोजना गर्ने

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
world-cup-2026.jpg

काठमाडौं । फिफा विश्वकप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । मेक्सिको र अमेरिकाले यसअघि पनि आयोजना गरेकामा क्यानडाले पहिलो पटक आयोजना गर्नेछ । 

४८ टोलीहरुले सहभागिता जनाउने यो विश्वकपको लागि उनीहरुले मोरोक्कोको चुनौतीलाई पार लगाएका हुन् । 

फिफा विश्वकप सन् १९९४ पछि पहिलोपटक उत्तर अमेरिकामा हुन लागेको हो । फिफा विश्वकप सुरु हुनुभन्दा अगाडिको फिफा कंग्रेसमा भएको मतदानमा उत्तर अमेरिकाको संयुक्त टोलीले जित हासिल गरेको हो । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि यो कंग्रेसलाई सम्बोधन गरेका थिए । फिफाले सन् २०२६ को विश्वकपमा १४ अर्ब अमेरिकी डलरबराबरको रकम नाफा हुनसक्ने बताएको छ, जसमा ११ अर्ब फिफाले पाउनेछ । यसअघि मोरोक्कोले फिफालाई पाँच अर्ब डलरको नाफा हुने प्रतिबद्धता जाहेर गरेको थियो । 

मोरोक्कोको विश्वकप आयोजना गर्नसक्ने अवस्था पनि नभएको कारण उक्त विश्वकप आयोजनाको अधिकार उत्तर अमेरिकालाई पाउन सजिलो भएको हो ।

 यसअघि गरिएको अध्ययनमा मोरोक्कोमा विश्वकप आयोजना गर्नु निकै जोखिमपूर्ण हुने बताइएको थियो । 
बुधबार भएको मतदानमा दुई सय मतमध्ये उत्तर अमेरिकाको लागि एक सय ३४ र मोरोक्कोको लागि केवल ६५ मत प्राप्त भएको थियो । इरानले दुवै क्षेत्र विश्वकपको लागि उचित नरहेको बताएको थियो । 

अमेरिकाले सन् १९९४ मा विश्वकपको आयोजना गरेको थियो भने मेक्सिकोले सन् १९७० र १९८६ मा गरी दुईपटक विश्वकपको आयोजना गरेको थियो । क्यानडाले सन् २०१५ को महिला विश्वकप प्रतियोगिता आयोजना गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ