arrow

नेपालका ४ च्यालनबाट विश्वकप हेर्न पाइने

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
Picture.jpg

काठमाडौं । नेपालका ४ च्यालनबाट फिफा विश्वकप २०१८ हेर्न पाइने भएका छ । नेपाल टेलिभिजन, कान्तिपुर एच.डि., डिशहोम एक्सन् स्पोर्टस् र एन.टि.भि. प्लसद्वारा फिफा विश्व कप म्याच प्रत्यक्ष प्रसारण हुनेछ ।

फुटबलको उन्माद संसार भरी बढिरहेको यस समयमा फिफा विश्वकप २०१८ को नेपालमा आधिकारीक इजाजत प्राप्त मिडिया हब प्रा.लि. ले नेपाली फुटबल फ्यानहरुका लागि ४ नेपाली च्यानलहरुमा विश्व कप प्रसारण गर्नेछ ।

मिडिया हब प्रा.लि.का कार्यकारी निर्देशक सोम धितालले भने, “ फिफा विश्वकप हेर्न विदेशी च्यानलहरुमा मात्रै निर्भर हुनुपर्ने समय अब गएको छ । अब नेपालीहरुले विश्व कप नेपाली एच.डि. च्यानलहरुमा नै प्रत्यक्ष हेर्न पाउने छन । हामीले हाम्रो दर्शकहरुको लागि निकालेको ‘राम्रो नै हेरौ, हाम्रो मै हेरौ’ भन्ने नारा हाम्रो पहलको लागि सबै भन्दा उपयुक्त रहेको छ ।”

साथै खेलको विश्लेषण,अपडेट तथा अन्य महत्वपूर्ण जानकारीहरु हाम्राकुरामा पाउन सकिनेछ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ