बाजुरा । संघिय सरकारका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको हटाउन माग गर्दै नेपाल विद्यार्थी संघ बाजुराले बिहिवार विरोध र्याली गर्दे ओलीको साँझ पुत्ला जलाएको छ ।
जिल्ला सदरमुकाम मार्तडीमा बिहिवार बेलुकी खुलामञ्चमा नेविसंघले परालको मान्छे बनाएर वरीपरि ओलीको फोटो टासेर पुत्ला जलाएका नेपाल विद्यार्थी संघ बाजुराका उपाध्यक्ष जनक थापाले बताए ।
उनले ओली सरकारले पेट्रोलिय पदार्थको मुल्यवृद्धी नहाटटएसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम जारी राख्ने बताए । जनतालाई प्रत्यक्षर रुपमा मारमा पार्ने गरी मुल्य वृद्धि गरेको विरोधमा पटक पटक ओली सरकारलाई ध्यानाकर्षण गराउदा पनि व्यवास्ता गरेको भन्दै पुत्ला दहन गरेको नेविसंघ बाजुराले जनाएको छ ।
प्रधानमन्त्री ओली सरकारले बामगठबन्धनलाई एकता गर्नका लागि भएको खर्च उडाने हैसियतले पेट्रोलिय पदार्थको मुल्य वृद्धी गरेको प्रतिपक्ष दलको भातृ संघ नेविसंघको आरोप रहेको छ ।
प्रधामन्त्री ओली विरुद्ध नारा जुलुस गर्दै ओलीको पुत्ला जनाएको नेविसंघको भनाई रहेको छ । नेपाली काँग्रेस बाजुराको पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुसपछि ओलीको लोकतान्त्रिक चोकमा ओलीको पुत्ला जलाइएको बताइएको छ । पेट्रोलिय पदार्थको मुल्य वृद्धि फिर्ता नलिए नेपाल तरुण दल बाजुरा पनि आन्दोलनमा उत्रने तरुण दल बाजुराका सचिव हिरेन्द्र रोकायाले जानकारी दिए ।