arrow

विश्वकप फुटबलको उद्घाटन समारोह : पुटिन भन्दा ईन्फान्टिनो खुसी 

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
vladimir-putin-and-gianni-infantino.jpg

काठमाडौं । विश्वकप फुटबलको २१औँ संस्करण विधिवत रुपमा सुरु भएको छ । रुसको मस्कोस्थित लुजानकी रंगशालामा भव्य समारोहबीच २१औं संस्करण सुरु भएको हो । 

फिफाको बहुचर्चित भ्रष्टाचार प्रकरण, आयोजक रुसको अमेरिका तथा युरोपियन युनियनसँगको खराव सम्बन्ध, डोपिङ प्रकरणलगायतका विवादका बीच समयमै उत्कृष्ट तयारी गरेको रुसले उदघाटन समारोह विगतका संस्करण भन्दा भव्उय बनाएको छ । 

हजारौँ दर्शक तथा फुटबल समर्थकले लुजानकी रंगशाला गुञ्जयमान भयो । ८१ हजार दर्शक क्षमताको यो रंगशालामा सुरुमै प्रवेश गरेका अन्तर्राष्ट्रिय सांगीतिक स्टार रोबी विलियम्सले दर्शकलाई सांगीतिक स्वागत गरे । विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाएर दर्शकलाई स्वागत गरिन् । 

सांगीतिक माहोलपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले  विश्वकप आयोजना गर्न सकेकोमा हर्ष पोखे । उनले विश्व फुटबलको प्रशासकीय निकाय फिफालाई धन्यवाद दिए । उनी बोल्दा रंगशाला पुरै गञ्जयमान भयो । 

उनी लगत्तै फिफा अध्यक्ष जियानी इन्फान्टिनो बोले इन्फान्टिनोले रुस विश्वकपमा अनौठो उत्साह पाएको सुनाए । उनी पुरै समय हाँसेरै बोले । उनी पुटिन भन्दा बढी खुसी देखिए । उनले नामै लिएर भने, ‘प्रिसिडेन्ट पुटिन भव्य समारोहका लागि धेरै धेरै धन्यवाद ।’ यो लगत्तै आयोजक रुस र साउदी अरेवियाबीचको उद्घाटन खेल सुरु भयो । रुसमा पहिलो पटक हुन लागेको विश्वकपको यो संस्करणमा पनि अघिल्ला संस्करण झैं विश्वभरबाट छानिएका ३२ देश प्रतिस्पर्धा गर्दैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ