arrow

आयोजक रसियाको विश्वकप फुटबलमा सुखद सुरुवात

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
Russia_WC_Team.jpg

काठमाडौं। रसियामा शुरु भएको विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियालाई ५-० गोलले पराजित गर्दै राम्रो शुरुवात गरेको छ। 

आयोजक रसियाले पहिलो हाफमा २ गोलको अग्रता लिएको थियो। खेलको १२औं मिनेटमा युरी गाजिनस्कीले पहिलो गोल गरेका थिए। त्यसैगरि ४३औं मिनेटमा डेनिस चेरीसेभले दोस्रो गोल गर्दै रुसलाई २-०को अग्रता दिलाएका थिए। 

साउदी अरेबिया रसियाको अगाडी निरिह देखिएको थियो। केही गोल गर्ने संभावनाहरुमा भने साउदी चुकेको थियो। त्यस बाहेक कुनै पनि समय साउदी अरेबिया खेलमा रसियालाई टक्कर दिने स्थितीमा देखिन्थेन। 

दोस्रो हाफमा खेलको ७१औं मिनेटमा तेस्रो गोल गरेको रसियाले ९०औं र ९३औं मिनेटमा चौथो र पाँचौं गोल गरेको थियो। तेस्रो गोल आर्टेम ज्युबाले गरेका थिए भने चौथो गोल डेनिस चेरीसेवले गरेका थिए। खेल सकिने बेलामा पाएको फ्रिकीकमा एलेक्जेन्डर गोलोविनले पाँचौं गोल गरेका थिए। 

खेल दौरानमा ५९% बल आफ्नो पक्षमा राखे पनि साउदी अरेबियाले कुनै पनि समय रसिया बिरुद्ध जित्न सक्ने संभावना देखाएको थिएन। विश्वकपको खेलको सुरुवात 'फेयर प्ले'को रुपमा हेर्ने हो भने सकारात्मक देखिन्छ । दुवै टोलीले १-१ मात्र पहेलो कार्ड पाएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ