arrow

न्युनतम वेतन, आधारभूत स्वास्थ र शिक्षा पर्याप्त नभैकन श्रमिकको समृद्धि सम्भब हुँदैन –दाहाल

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
sanjay-dahal.jpg

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको छैठौं महाधिवेशन यतिबेला राजधानीमा जारी छ । देशभरबाट मजदुर प्रतिनिधिहरु आफ्ना नेता छान्न राजधानी आएका छन् । जारी महाधिवेशनमा केन्द्रिय सदस्य (खुला) तर्फ सञ्जयकुमार दाहाल समेत मैदानमा छन् ।

राष्ट्रिय समृद्धिको पहिलो आधार नै श्रमिकको समृद्धि हो भन्ने आशयलाई केन्द्रमा राखेर मजदुर आन्दोलनमा सक्रिय दाहाल जीविकोपार्जनका निमित्त न्युनतम वेतन, आधारभूत स्वास्थ र शिक्षा पर्याप्त नभैकन श्रमिकको समृद्धि सम्भब हुँदैन भन्ने पक्षमा छन् ।  यी त्रिपक्षीय विषयलाई साझा लक्ष्य बनाऔ भन्दै उनले जारी महाधिवेशनमा खुला तर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन । प्रस्तुत छ उनीसँगको कुराकानी – 

तपाईंको उम्मेदवारी के का लागि ?

खुला सदस्यका लागि मैले उम्मेदवारी घोषणा गरेको छु । श्रमिकका पक्षमा काम गरेंको अनुभव नेतृत्व तहमा पुगेर श्रमिकै पक्षमा लगाउन यसपटक मैले उम्मेदवारी दिएको हुँ ।  ट्रेड युनियन कांगे्रसमा बसेर सबै प्रकृतिका श्रमिक कर्मचारी साथीहरूका हकअधिकारका पक्षमा काम गर्नका लागि समेत मेरो उम्मेदवारी हो ।

नेपाल ट्रेड युनियनको शाखा अभिवृद्धि गर्ने, मजदूरहरुलाई आर्थिक रुपले सरल र समुन्नत बनाउँदै उनीहरुको पहुँच अभिवृद्धि गर्ने र समतामुलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्नका लागि समेत मैले एममेदवारी दिएको हुँ । 

खुला सदस्य तर्फ तपाईंलाई नै मत दिने तपाइका एजेण्डा के के छन् ?

हो, उम्मेदवारी सबैले दिन्छन तर एजेण्डा के हो भन्ने उम्मेदवारका लागि प्रतिनिधिको मूल प्रश्न हो र हुनु पनि पर्छ । मैले राष्ट्रिय समृद्धिको पहिलो आधार नै श्रमिकको समृद्धि हो भन्ने आशयलाई केन्द्रमा राखेर उम्मेदवारी घोषणा गरेको हुँ । जीविकोपार्जनका निमित्त न्युनतम वेतन, आधारभूत स्वास्थ र शिक्षा पर्याप्त नभैकन श्रमिक को समृद्धि सम्भब हुँदैन भन्ने मेरो मान्यता हो । यी त्रिपक्षीय विषयलाई साझा लक्ष्य बनाएर म मैदानमा छु ।

नेतृत्व तहमा बसेर ऊर्जावान् ढंगले नयाँ सोच र प्रविधिका साथ काम गर्ने लक्ष्य मैले राखेको छु । मैले बुझेको ट्रेड युनियन भनेको र्या्िडकल हुनुपर्दछ । तर, त्यो अहिले भुत्ते भएको छ । त्यसलाई धारिलो बनाउन पनि हामीजस्तो ऊर्जावान् व्यक्तिहरू आउनुपर्दछ भन्ने लाग्दछ ।

 नेपाली ट्रेड युनियन आन्दोलनका  चुनौती के के देख्नुहुन्छ ?

वर्तमान कम्युनिष्ट सरकारले बहुमतको दम्भमा मजदुर संगठनहरूलाई निस्तेज पार्न खोेजेको अनुभूति भइरहेको छ । मन्त्रीहरूले ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउनुपर्छ भन्ने कुराहरू सार्वजनिक रुपमा बोल्दै हिंडेकाले प्रथम चुनौती त्यही नै देख्दैछु  । लामो समयदेखि कार्यरत शिक्षकहरूको स्थायी नगरेको अवस्था छ । कारखाना श्रमिकका विपक्षमा औद्योगिक व्यवसाय ऐन ल्याइएको छ, त्यो चुनौती छ । नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐन आएको छ । त्यो नियमावली बनाइकन लागू गराउनुपर्ने अवस्था छ । अन्तर्रा्िष्ट्रय रुपमै रोजगारीहरू औपचारिक क्षेत्रबाट अनौपचारिक हुँदैछ । त्यो सबलाई सम्बोधन गर्नुपर्ने चुनौतीसमेत रहेको छ । यी यावत विषय ट्रेड युनियनका चुनौतीका रुपमा छन् ।

तपाईंको जितका आधार के के छन् ?

पदमा नरहेर पनि मजदुरको निकट रहेर काम गरेको छु । पदमा रहँदा र नरहँदा पनि संगठनका खातिर सक्रिय रुपमा लागेकाले सबैको मत मन देखि नै पाउँछु भन्ने अपेक्षा छ । अर्को कुरा म संगठनलाई संगठन भित्रका मान्छेको संस्था बनाउनु पर्छ भन्ने पक्षमा छु । यस कारण पनि मेरो पक्षमा आम प्रतिनिधिसाथीहरुको मनको मत प्राप्त हुने छ भन्ने अपेक्षा छ ।

मजदूर आन्दोलनलाई अगाडि बढाउनेबारे के सोच्दै हुनुहुन्छ उम्मेदवार बन्दै गर्दा ?

मजदूर भनेका राष्ट्र निर्माणको महत्वपूर्ण शक्ति हो । मजदूर विना मुलुकको विकास सम्भव छैन । मजदूरले काम नगरी मालिक वा जनताहरु बसेर आफ्नो आधारभूत आवश्यकताहरु पुरा गर्न सक्दैनन । त्यसैले मजदूरलाई खुशी पार्नु राज्यको दायित्व हो । मजदूरलाई खुशी बनाउँदै मजदूरको आधारभूत आवश्यकता पुरा गर्ने दिशामा मेरो ध्यान केन्द्रीत हुनेछ ।

श्रम आयोग निर्माणमा यहाँको भूमिका कस्तो रहन्छ ?

म केन्द्रिय सदस्यमा निर्वाचित हुँदै गर्दाको महत्वपूर्ण लक्ष्य भनेको श्रम आयोगको मुद्धा उठाउनु पनि हो । श्रम आयोग निर्माणका लागि मैले एउटा केन्द्रिय सदस्यको हैसियतबाट सक्ने सम्मको आवाज उठाउँछु ।

अन्त्यमा के भन्नु हुन्छ आफ्ना मतदाताहरुलाई ?

नेपाली काँग्रेसको केन्द्रदेखि गाउँसम्मको संरचनामा ट्रेड युनियनको प्रतिनिधित्व गर्ने, राष्ट्रिय श्रमिक आयोगका लागि सरकारलाई दवाव दिने, हरेक प्रदेशमा श्रमिक अस्पताल निर्माण गर्न सरकारलाई दवाव दिने, सामाजिक सुरक्षा ऐनलाई कार्यान्वयनमा ल्याउने, ट्रेड युनियनमा ३३ प्रतिशत महिला सहभागीता स्थापना गर्न, प्रदेश स्थानीय र औधोगिक स्तरमा सामुहिक सौदावाजीको अधिकारलाई सुनिश्चित गर्न पहल गर्ने, कार्यस्थलमा हुने सबै खाले विवेदको अन्त्य गर्ने पक्षमा म प्रतिबद्ध रहेर लाग्ने छु ।

यसका अतिरिक्त कार्यस्थलबाट श्रमिकको मताधिकार सुनिश्चित गर्ने, महासंघलाई आर्थिक रुपमा आत्मानिर्भर बनाउने, ट्रेड युनियन काँग्रेससँग आवद्ध रहँदै आएका आइटीयुसीलगायतका संस्थालाई अन्तर्रा्ष्ट्रिय स्तरमा सुढृढ बनाउने मेरो प्रतिबद्धता छ ।

यसर्थ यहाँहरुको एक एक मत मेरो पक्षमा दिनु हुन देशभरबाट काठमाडौँमा आउनु भएका मजदूर साथीहरुलाई आग्रह गर्दछु । यहाँहरुको मत श्रमिकको पक्षमा होस भन्ने मेरो आग्रह छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ