arrow

विश्वकप फुटबलः उरुग्वे भर्सेस इजिप्ट, सलाह कि सुवारेज 

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
egypt-vs-uruguay.jpg

काठमाडौं । विश्वकपमा शुक्रबार समुह ए का दुई टोलीहरु इजिप्ट र उरुग्वे बीच प्रतिस्पर्धा हुँदैछ । ५ः४५ बजेबाट सुरु हुने यो खेल निकै रोमाञ्चक हुनसक्ने देखिन्छ । 

इजिप्टको टोलीले अफ्रिकी मुलुकहरुको खेलमा केही कीर्तिमानहरु राखेको भए पनि विश्वकपको मामिलामा भने इजिप्ट केही कमजोर देखिन्छ । उरुग्वेसँग खेल्दा इजिप्टको टोलीमा विश्वकपको अनुभवको कमी खड्किन सक्छ । 

उनीहरुले सन् १९९० यता पहिलोपटक कुनै ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेका हुन् र पहिलो खेलमा उनीहरुलाई यो स्थानमा पुर्याउने खेलाडी पनि अनुपस्थित हुन सक्छन् । 

इजिप्टका मोहम्मद सलाहको भरमा यो टोली विश्वकपका लागि छानिएको हो । लिभरपुलका स्ट्राइकर अहिले काँधको चोटको सामना गरिरहेको कारण उनले आजको खेलमा सहभागिता जनाउने वा नजनाउने भन्ने निश्चित भइसकेको छैन । इजिप्टको लागि सलाह एक्लै कुनै पनि ठुलो टोलीलाई स्तब्ध बनाउन सक्ने खेलाडी हुन् ।

यद्यपि यो टोली अफ्रिकाबाट युगाण्डा, घाना र कंगोसहितको टोलीबाट पहिलो भएर विश्वकपका लागि छानिएको हो । पछिल्लो छ खेलमा कुनै पनि जित हासिल गर्न नसकेको भए पनि यो टोलीको पोर्चुगलसँगको २–१ गोल अन्तरको जित र कोलम्बियासँगको बराबरीले भने धेरैलाई प्रभावित बनाएको थियो । यो खेलमा इजिप्टले ४–२–३–१ को संरचनामा टोलीहरु मैदानमा उतार्न सक्छ ।

दुईपटकको विश्वकप विजेता उरुग्वे समुहको प्राविधिक हिसाबमा सबैभन्दा सफल टोलीको हो । यद्यपि यो टोलीले सन् १९५० मा उपाधि जितेयता यो उपाधि जित्न सकेको भने छैन । यो टोली सन् २०१० मा सेमिफाइनलसम्म पुगेको थियो । 

यो टोलीका एडिसोन काभानी र लुइस स्वारेजको जोडी निकै महत्वपूर्ण खेलाडीहरु हुन् । उनीहरुले ९९ खेलमा ७१ गोल गरिसकेका छन् । 

त्यसका साथै यो टोलीका लागि ओस्कार टाबारेजको विश्वकपको इतिहासमा उरुग्वेले अहिलेसम्म अफ्रिकी टोलीसँग हारको सामना गरेको छैन । जसको कारण पनि यो टोली समुहको सबैभन्दा बलियो टोलीको रुपमा माथिल्लो चरणमा प्रवेश गर्नसक्ने सम्भावना रहेको छ । 
आजको खेलमा उरुग्वेले ४–३–२–१ को संरचनामा खेलाडीहरु मैदानमा उतार्नसक्छ । 

हेड टु हेड 
इजिप्ट र उरुग्वे अहिलेसम्म केवल एकपटक मात्र भिडेका छन् । सन् २००६ मा भएको मैत्रीपूर्ण खेलमा यी दुई टोलीको भेट भएको थियो । उक्त खेलमा उरुग्वे २–० ले विजयी भएको थियो तर त्यसयता भने यी दुई टोलीहरुको बीचमा कुनै खेल भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ