arrow

पेलेले गर्दा सानैदेखि ब्राजिलको समर्थक – पंकज नेम्वाङ

दुई खेल हेर्न जाने सौभाग्य पाएको छु 

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
pankaj-nembang.jpg

काठमाडौं । विश्वकप फुटबलको २१ औं संस्करण शुक्रबारदेखि रुसमा सुरु भएको छ । विश्वकपमा नपुग्ने राष्ट्रका फुटबलप्रेमीहरु आ–आफ्नो टिम रोजेर खेल हेर्ने गर्छन् । 

यसै सन्दर्भमा हाम्राकुराले अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष पंकज नेम्वाङसंग विश्वकपको मनपर्ने टिमदेखि खेल हेर्ने कार्यक्रम सम्बन्धमा छोटो प्रतिक्रिया लिएको छ । 

हाम्राकुरा– विश्वकप कत्तिको लाग्दैछ ? 
नेम्वाङ – फुटबलकै मान्छे भएकाले लागेको छ ।

हाम्राकुरा–समर्थन कुन टिमको गर्नुहुन्छ नि ?
नेम्वाङ – म त पहिलेदेखि नै ब्राजिलको समर्थक हो । 

हाम्राकुरा – के छ त्यस्तो ब्राजिलसंग ? 
नेम्वाङ – सानो उमेरदेखि नै ब्राजिल भइयो । सायद पेलेले गर्दा होला । 

हाम्राकुरा– ब्राजिलको टिम कस्तो छ ? 
नेम्वाङ – ब्राजिल सधै राम्रो हुन्छ । खेलाडीहरु एकसे एक छन् । 
 
हाम्राकुरा – कसरी हेर्ने तालिका बनाउनु भएको छ खेल ? 
नेम्वाङ– परिवारसंग, साथीभाइसंग बसेर हेरिन्छ । जसो जसो मिल्ला त्यसरी नै हेर्न पर्ला । नेपालमा छन्जेल साथीभाइ र परिवारसंग मिलाएर हेर्ने योजना छ । त्यसपछि रुस नै पुगेर हेर्ने अवसर पाएको छु ।

हाम्राकुरा – भाग्यमानी हुनु भएछ । कहिले जाँदै हुनुहुन्छ ? 

नेम्वाङ – मैले दुई वटा खेल हेर्न पाउने भएको छु । मेरा लागि दोस्रो चरणको खेलको टिकट मिलेको छ । जुलाई १ र जुलाई ३ तारिखको टिकट मिलेको अवस्था हो । 

हाम्राकुरा – के पाइएला ?
नेम्वाङ – सबैभन्दा ठूलो कुरा त सिक्ने अवसर हो । हाम्रालाई सिक्ने अवसर नै ठूलो हो । व्यवस्थापन पनि सिक्न पाइन्छ । नेपालमा एउटा पनि राम्रो रंगशाला नभएका अवस्थामा ठूला ठूला रंगशाला देखेपछि धेरै कुरा सिक्न सकिन्छ । त्यो सपना हो । भोलि हामी पनि बनाउन सक्छौं कि !

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ