मूल्यवृद्धिको विरोध गर्नेमाथि प्रहरीको लाठी, वडाध्यक्षसहित ५ जना घाइते
प्रकाशित २०७५ असार १ शुक्रबार
520
Shares
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा मुल्य वृद्धि तथा सिन्धुलीको अघोशित नाकाबन्दी विरुद्ध बिहिबार साँझ नेपाली काँग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ नेविसंघले निकालेको राँके जुलुसमाथि प्रहरीले लाठीचार्ज गर्दा पाँच जना घाइते भएका छन् ।
जुलुसमा सहभागी मन्थली नगरपालिका ३ का वडाध्यक्ष केशव रोक्का सहित ५ जना घाईते भएका हुन् । घाइते हुने हुने अन्यमा नेपाली काँग्रेस रामेछाप क्षेत्र नम्बर २ का सभापति बिनोद कार्की, नेविसंघ क्षेत्र नम्बर १ का सभापति धिरज खत्रीलगायत रहेका छन् ।
यसअघि पनि नेविसंघ रामेछाप, स्थानीय व्यापारीले पटक–पटक विभिन्न किसिमको दवाब दिँदै आएका छन् । सिन्धुलीबाट विपि राजमार्ग हुँदै आउने मालबाहक ठुलागाडीहरु रामेछाप आउन नदिएपछि रामेछापका नागरिकलाई पर्न गएको असुविधा तथा मूल्य वृद्धि अकासिएको कारण आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेको नेविसंघ रामेछापले जनाएको छ ।