arrow

रुसले खासै राम्रो खेलेन – राजुकाजी शाक्य 

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
rajukaji-shakya.jpg

काठमाडौं । विश्वकप फुटबलको पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियालाई ५–० ले हराएको छ । लामो समयको जितको खडेरी रुसले पार गरेको छ भने साउदीका लागि यो हार तितो हो । हार अस्वभाविक नभए पनि फराकिलो हार अस्वभाविक हो । 

यो खेलबारे पूर्व राष्ट्रिय खेलाडी एवं राष्ट्रिय टिमका प्रशिक्षक राजुकाजी शाक्य के भन्छन् त ? 
‘खेल खासै राम्रो हैन । रुसले पनि राम्रो खेलेन । गोल गर्नुमात्र ठूलो कुरा हैन । अताल्लिएर खेलिरहेको थियो रुस । पहिलो खेल र आयोजक भएकाले पनि होला बल नियन्त्रणमा थिएन । बढी बल साउदीले नियन्त्रणमा लिए पनि गोल गर्न नसक्नु अर्को दुर्भाग्य हो । साउदी त पुरै कमजोर देखियो । पहिलो खेल भएर नै खेल राम्रो हुन नसकेको हो कि । टिम सेट भएपछि दुवै टिम राम्रो खेल्लान् कि ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ