arrow

विश्वकपमा रुसी महिलाले पर्यटकहरुसँग यौनसम्बन्ध राख्न छुट

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
putin-protitutes.jpg

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वकपको समयमा विदेशी पर्यटकहरुसँग यौन सम्बन्ध राख्नलाई प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव अस्वीकार गरेका थिए । रुसी राष्ट्रपतिका प्रवक्ता दामित्री पोस्कोवले संवाददाताहरुसँग कुरा गर्दै रुसी महिलाहरुले के गर्न हुने र के गर्न नहुने भन्ने कुराको निर्णय आफैं लिने भन्दै यो पस्ताव खारेज गरिएको बताए ।

विहीबार रुसका राष्ट्रपतिले चाहेको खण्डमा रुसी महिलाले विदेशी पर्यटकहरुसँग यौन सम्बन्ध बनाउन पाउने बताएका हुन् । उनले रुसी महिलाहरु विश्वका सबैभन्दा उत्कृष्ट महिलाहरु भएको कारण उनीहरुलाई के गर्न हु्ने र के गर्न नहुने भन्ने कुराको राम्रो ज्ञान रहेको बताएका हुन् ।

रुसका महिला सांसदहरुले भने रुसी राष्ट्रपतिको यो निर्णयको विरोध गरेका छन् । उनीहरुले विदेशी पर्यटकहरुसँग यौन सम्बन्ध राख्नबाट रुसी महिलाहरु बच्नुपर्ने बताएका छन् । यससँगै चाहेको खण्डमा रुसी महिलालाई विदेशी पर्यटकहरुसँग सम्बन्ध राखेर बच्चा जन्माउनेसम्मको अधिकार मिलेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ