arrow

जन्मदिनमा सलाहसँग इजिप्ट माग्दैछ जितको उपहार

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
salah2.jpg

काठमाडौं । इजिप्टका स्ट्राइकर मोहम्मद सलाहको जन्मदिन परेको छ । सन् १९९० पछि पहिलोपटक विश्वकपमा छानिएको टोलीका मुख्य खेलाडी सलाहको जन्मदिन विश्वकपको पहिलो खेलको दिन परेको हो । आज सलाहको २६ औं जन्मदिन हो । 

आज उरुग्वेसँग प्रतिस्पर्धा गरिरहेको टोलीका लागि सलाह निकै महत्वपूर्ण खेलाडी हुन् । च्याम्पियन्स लिगको फाइनलमा काँधको चोटको सामना गरेका सलाह चोटपछि केही दिनअघि मात्र प्रशिक्षणमा आएका थिए । त्यसयता उनी पहिलोपटक मैदानमा उत्रिँदैछन् ।

उनको काँधको समस्या अहिले निको भइसकेको टोलीका अधिकारीहरुले बताएका छन् । 
आजको खेलमा उरुग्वेसँग खेल्न लागेको टोलीका सलाहमा उरुग्वेको लागि स्वारेजमा भए जति नै भरोसा रहेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ