- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। विश्वकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा उरुग्वे विजयी भएको छ। उरुग्वेले इजिप्टलाई १-० गोलले पराजित गर्दै विजयी भएको हो।उरुग्वेको लागि खेलको दोस्रो हाफको ८९ औं मिनेटमा जस गिमिनेज गोल गरेका थिए। नेपाली समय ५:४५ बजेबाट सुरु खेलको पहिलो हाफमा इजिप्ट र उरुग्वेको कडा प्रतिष्पर्धा भएपनि कुनै गोल भने हुन सकेन। केही गोल गर्ने संभावनाहरुमा भने इजिप्ट र उरुग्वे चुकेका थिए।
खेलमा लुइस स्वारेजले पाएका मौकाको सदुपयोग गर्न सकेनन्। इजिप्टका मोहम्मद सलाह खेल मैदनमा देखिएनन्। खेलको ९० औं मिनेटमा इजिप्टका खेलाडीले पहेलो कार्ड पाएका थिए।